
असार २३, २०७९ बिहिबार 136
बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ ।
पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्