तिलोत्तमा/ तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्। प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले आइतबारको नगरसभामा आफूहरुको हाजिर नगराएको भन्दै उपप्रमुख जागेश्वरीदेवी चौधरीको नेतृत्वका जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।
आइतबार दिउसो बसकेको नगरसभाको बैठक गुणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरेका थिए।
एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको चौधरीले बताइन् ।
बैठक स्थगित भएपछि एमालेका जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए । पछि नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । असार १० गते नगरसभामा आर्थिक वर्ष २०७९ /८० को बजेट प्रस्तुत भएपनि कांग्रेस र एमालेको विवादका कारण पारित हुन सकेको छैन ।
साउन १, २०७९ आइतबार 119
प्रतिकृया दिनुहोस्