Web Design In Nepal

आज साउनको पहिलो सोमबार, शिवालयमा चहलपहल

साउन २, २०७९ सोमबार 130

बुटवल- आज साउन महिनाको पहिलो सोमबार । आजको दिन महिलाहरू व्रत बस्ने र शिवको पूजा गर्ने गर्छन् ।
देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । बुटवल र पाल्पाको सिद्धबाबा, सैनामैनाको पर्रोहा बोलबम धाम लगायतका मन्दिरहरुमा महिलाहरुको लाइन थियो ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकोले महिलाहरू बिहानै मन्दिर पुगेका हुन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्