Web Design In Nepal

कांग्रेसभित्रको अन्तर्घातीलाई दण्डित गर्नुपर्छ : पौडेल

साउन ७, २०७९ शनिबार 170

दमौली – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको उल्लेख गरे ।

नेता पौडेलले अन्तर्घातीलाई दण्डित गर्नुपर्ने बताए । “अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ । पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ,” उनले भने ।

पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान् कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने नेता पौडेलको भनाइ थियो । “यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरा बढ्दै जान्छ,” उनले भने ।

गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने हो भने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताए । उनले गठबन्धन नगरी चुनावमा बहुमत ल्याउने हो भने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्