
बुटवल- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदबाट रहस्यपूर्ण ढंगले पारित नागरिकता सम्बन्धी विधेयकले देशलाई ठूलो अफ्टयारो पार्ने बताएका छन् । उनले नेपाली नागरिक सरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखीएकाे विध्येक देशको हितविपरीत रहेको उल्लेख गरे ।
प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमाले विगतदेखि नै वैवाहिक अंगृकृतकाे लागि निश्चित समय हुनुपर्ने पक्षमा रहेकाे बताए ।
” विदेशी नागरिकलाई विहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधयेक हाम्रो जस्तो देशका लागि घातक छ ।’ उनले भने ” एमालेले विगतदेखि नैं विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो । अहिले पनि त्यहीँ अडानमा छ ।”
उनलेे भारत, चीन लगायत सबै देशले ‘सटेन’ समय राखेको भन्दै यहाँ विहे गरेर आउने वित्तिकै नागरिकता दिने ब्यवस्था गरेर नागरिकता जस्तो संवेदनशील विषयमा पनि विगतका सहमतिलाई लत्ताइएको आरोप लगाए ।
ज्ञवालीले आउदो निर्वाचनमा एमाले एकलै चुनाव लड्न तयार रहेको बताए । ‘हामी स्थानीय तह निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सबैभन्दा धेरै ३४ प्रतिशत मतका साथ पहिलो भएका थियौं । त्यही जगमा टेकेर निर्वाचनमा जाँदैछौं ।” उनले भने “एमाले एक्लै चुनाव लडन तयार छ । तर, हामीसँग विचार मिल्नेहरुसँग तालमेल गरेर जान ढोका बन्द गरेका पनि छैनौं ।’
तत्कालिन नेकपा नेताहरु भेला भएर वाम गठबन्धनको कुरा गर्नु कांग्रेससँग आउदो निर्वाचनमा सिट बाँडफाँडको बार्गेनिकका लागि मात्र भएको दावी गरे ।
प्रतिकृया दिनुहोस्