शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि बढ्याे
  • हजुरकाे पाेष्ट

  • २६ पुष, काठमाण्डाै / शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा पुगेको छ ।

    आज बैंकिङ, होटल–पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ ।

    आज दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनियन हाइड्रो र कर्पाेरेट विकास बैंकको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech