सानिमा जनरल इन्स्योरेन्सको चौथो साधारण सभा काठमाडौंमा सम्पन्न
  • हजुरकाे पाेष्ट

  • ३० पुस २०७८ , काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

    सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने  र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयधरनीले साधारण सभामा सहभागिता जनाएका हुन् ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech