खिचडी चाकु तरुल पर्व माघे संक्रान्ति
  • यज्ञमुर्ति पाण्डे

  • माघ महिनाको पहिलो दिनमा माघे संक्रान्ति मनाउने गरिन्छ यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ तर फरक फरक जाती भौगोलिक हिसाबबाट संक्रान्ति मनाउने  तरिका फरक फरक छन् तर सबै ठाउँमा संस्कार अनुसार सामाजिक एकता बनाउने काम समेत गर्ने गरेको पाइन्छ। नातागोता सबै एकठाउँ जम्मा हुने दुःख सुख साटासाट गर्ने काम समेत गर्दा समाजमा एक खालको मेलमिलाप भई समाजमा सकारात्मक सन्देश समेत निर्वाह गर्ने गरेको छ।     

    फरक फरक संस्कारमा यो पर्व मनाउदा फरक खालको रहन सहन पाइने हुन्छ। कुनैले पनि एक अर्काको बारेमा आलोचना नगरी आफ्नो परम्पराले के कसरी गर्दै आएका छन् त्यसैलाई आधार मनी मनाउने गरिन्छ।

    थारु मगर जाती हरुले भने यसलाई राष्ट्रीय पर्वको रुपमा मनाउने गर्दछन् नयाँ कपडा मीठा मीठा खानाका साथ आफन्त विशेष गरी छोरी भान्जा भान्जी हरुलाई निमन्त्रणा गरी घरमा बोलाएर खानाका विशेष परिकाले स्वागत गर्ने चलन छ। यसले समाजमा एक प्रकारको सामाजिक मेलमिलाप अन्तरसम्बन्ध कायम राख्ने काम समेत गरेको छ। वास्तवमा नातेदार व्यवस्थामा सकारात्मक प्रवाह कायम गरी एक आपसमा अझ नजिकको समुप्यता कायम समेत गर्ने गरेको छ। रमाइलो गर्नको लागि होस वा बुहारी माइत बच्चाहरु मावली जनाको लागि होस संक्रान्ति कहिले आउँला भनी दिन गनिरहेका हुन्छन्। यसले पनि थप व्यस्तता समयमा फुर्सद समेत निकाली रमाउने गाउने नाच्ने बजाउने गर्दा मानिसमा सारीरिक मानसिक रुपमा समेत स्वस्थ रहन सहयोग गरेको छ।
    पहाड लगायत तराईमा पनि खिचडी खाइ जाडो भगाउने भन्ने चलन पनि छ।   दाल चामल हालेतो (बेसार) अदुवा घ्यू आदि समिश्रण गरी पकाएको खानाले शरीरमा ताप उत्पन्न गरी चिसो सोच्ने काम समेत गर्दा जाडो समयमा यो खाना खाने चलन रहेको कुरा अनुमान लगाउन सकिन्छ। हुनत हाम्रा समाजमा हुने हरेक सस्कार संस्कृति उत्पादन र भौगोलिक हिसाबले मानिसमा के कसरी सकारत्मक संदेश प्रवाह हुन्छ भनी प्रयोगमा आएको पाउन सकिन्छ। यसरी समाज एकता कायम गरी मौसमी कुराहरुको ख्याल गर्ने गरिएको पनि छ।
    खिचडी खाइसकेपछि चाकु तिलको लड्डु तरुल फलफूल खाने चलन पनि भएका कारण माघ आउन भन्दा केही दिन अगाडि बाट नै यी चिजहरुको व्यापार हुने र ग्राहक हरुले पनि आफ्नो परम्परा लाई जोगाउन त्यो सामान चाहिने भएका कारण आजकल बजारमा यस्ता सामान टन्न किन्न पाइन्छ। बजारीकरण ले गर्दा सामान सहजै पाउँदा आफ्नो परम्परा लाई जोगाउन सहज हुन गएको छ। किनकि समाजमा सकारात्मक पक्ष को रुपमा काम गर्नको लागि बजारले एकदमै सहयोग समेत गर्ने गरेको छ। खिचडी को साथमा चाकु तरुल लड्डु खाँदा वा पाहुनालाई तकार्दा थप इज्जत हुने गर्दछ यो सबै बजारीकरण ले सम्भव बनाउन सफल गराएको छ।
    आजको समाजमा भने माघी वा खिचडी पर्व मनाउने चलनमा परिवर्तन आउन गएको छ। केवल पहिलाको समाजमा आफ्नो घरमा फलेको तरुल नभएको घरमा दाल चामल घ्यू दिने चलन थियो तर आज त्यो पाउन सकिँदैन किनकि समाजमा बजारीकरणको प्रभाव अव्वल हुदै जाने क्रममा सबै चीज हुनेले बजारमा लागेर बेच्ने र नहुनेले बजारबाट खरिद गरी किनेर ल्याउने हुँदा केही सहज हुन गयता पनि केही नहुनेको लागि भने बाधक बन्न गई पर्व पनि फरक हुन जाने हो की भन्ने संका उत्पन्न हुन गएको छ। यसले समाजमा असमानता पनि ल्याउन सक्ने संकेत ल्याएको छ।
    नयाँ पुस्तामा पनि खिचडी खाने भन्ने चलन आउँदा यो पर्वले आरु पर्व जस्तै निरन्तरता पाएको छ। घरमा बुढा पकाले गरेको कार्य गर्दै अगाडि बढ्ने क्रममा यो पर्वलाई निरन्तरता दिनको लागि पर्व आउन भन्दा आगाडि बजारमा चाकु लड्डु जस्ता परिकार बजारमा सजाइएका हुन्छन् त्यसले गर्दा पनि चाडपर्व हरुले निरन्तरता पाउने संकेत हो केवल यो भने सकारात्मक कुरा हो। बजारले कुनै कुरा असमानता ल्याएपनि कुनै कुरामा सकारात्मक लुकेको छ त्यसैले सबै कुरा खराब पनि छैनन्।समाजमा सकारात्मक अन्तरसम्बन्ध ल्याउने काम माघी पर्वले ल्याएको छ। भन्दै सबैमा माघी वा मकर संक्रान्ति को शुभकामना।।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech