राष्ट्रिय युवा संघ नेपालले फागुनको ११ गते राष्ट्रिय महाधिबेशन गर्ने, गरियाे कार्य विभाजन
  • हजुरकाे पाेष्ट

  • १ माघ, काठमाडौं / नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी फागुनको ११ गते राष्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको छ ।

    पोखरामा सम्पन्न राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले फागुन ११ मा राष्ट्रिय महाधिबेशन गर्नेगरी विभिन्न विभागहरु टुंगाएको छ ।

    संघले ३३ वटा विभागहरु टुंगाउदै जिम्मेवारीहरु बाँडफाँड गरेको छ । संघले महाधिबेशनका लागि ३ सय ८६ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

    विभाग र जिम्मेवारी
    मूल आयोजक कमिटी संयोजक – किरण पौडेल

    सह संयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी

    संगठन विभाग – क्षितिज थेबे

    युथफोर्स विभाग – पुष्प श्रेष्ठ

    स्कुल तथा नेत्रित्व बिकास विभाग – रमेश आचार्य

    कार्यालय विभाग – रामजी सापकोटा

    प्रकाशन विभाग – सम्राट गौचन

    प्रचार विभाग – महाराज गुरुङ

    मानव अधिकार विभाग – सुनिता कार्की

    महिला विभाग – उर्मिला सुनुवार

    पर्यटन विभाग – सीता सुवेदी

    स्वास्थ्य बिभाग – निरोज पौडेल

    कानून विभाग – बिष्णुराज बिसी

    स्वयमसेवक विभाग – राकेश लामा

    निर्वाचन आयोग प्रमुख – हिमेश केसी

    निर्वाचन आयोग उप प्रमुख – बाबु छत्कुली

    अनुशासन आयोग प्रमुख – दिनेश थापा

    लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

    १ प्रदेश इन्चार्ज – अन्जना अधिकारी

    २ प्रदेश इन्चार्ज – सत्य नारायण यादव

    बागमती प्रदेश इन्चार्ज – अमित लामा

    गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल

    लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी

    कर्णाली प्रदेश इन्चार्ज – राजन थापा

    सुदुरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द

    अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech