स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
  • हजुरकाे पाेष्ट

  • महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।

    तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् ।

    “पहिलो लहरमा सरकारले चार महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो ।” उहाँले भन्नुभयो, “दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन ।” यहाँका पालिकास्तरका स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन् ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech