गृहमन्त्री खाँण र शिक्षामन्त्री पौडेलले भने, ‘बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ’
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने स्पष्ट पारेका छन् ।

    शुक्रबार सिंहदरबारमा बिद्याथी संगठनसँगको छलफलका क्रममा गृहमन्त्री खाँणले मुलुकमा कानून नियम रहेको भन्दै कानून बाहिर गरेर क्रियाकलाप गरेको पाइने कारवाही गर्ने बताएका हुन् । उनले बढी शुल्क लिने शिक्षण संस्थामाथि सरकारले अनुसन्धान सुरु गर्ने बताए ।

    अनुसन्धानका साथै कारवाही प्रक्रियालाई पनि अघि बढाउने उनको भनाइ छ । उनले मेडिकल कलेजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरकारले प्रयत्न भएको तर विधि बिधान बाहिर जाने कलेजलाई कानूनी कारवाहीको दायरामा ल्याएरै कारवाही हुने जिकिर गरे ।

    त्यस्तै शिक्षा मन्त्री पौडेलले गत पुस ३० गते शिक्षा मन्त्रालयसँगको छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्न मेडिकल कजेलले अटेर गरेको देखिएकाले कारवाही हुने स्पष्ट पारे । ऐनले तोकिएभन्दा बढी शूल्क नलिने सहमति गर्ने तर, कार्यान्वयन नगर्ने कलेजले सरकारलाई नटेरेको उनको भनाइ छ ।

    यसअघि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरुले मन्त्रीद्वयसँग पुन छलफल गरेको हो ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech