कोरोनाका कारण फेरि स्थगित भयो कांग्रेसको १६ जिल्लाको अधिवेशन
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ । कोरोना महामारी तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको हो ।

    कांग्रेसले यसअघि स्थगित भएको १६ जिल्लाको अधिवेशन यही माघ १५ गते गर्ने मिति तय गरेको थियो । तर, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती निकालेर गरेर अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित गरेको हो ।

    मधेश प्रदेशका ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ । कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो ।

    जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी २०७८ माघ १५ गते हुने भनिएको उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको २०७८ माघ ०६ गतेको बैठकको निर्णय अनुसार हाललाई स्थगित गरिएको छ ।’

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech