भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक
  • हजुरकाे पाेष्ट

  • भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक

    काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको हो ।

    जारी विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९’को ओमिक्रोण भेरियन्टको संक्रमण स्वादेश तथा विदेशमा तीब्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उदेश्यले खाडी राष्ट्रहरु र मलेसियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरु प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech