ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

जानकी मन्दिरभित्र प्रदेश प्रमुखको गाडीमा बनाइयो टिकटक
  • हजुरकाे पाेष्ट

  • जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ ।

    दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए ।

    ‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन बन्द गरिएको छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘प्रदेश प्रमुखको गाडी भित्रै आउनु गल्ती कुरा हो । नल्याउनुपर्ने हो ।’

    मन्दिरका महन्थ, नगरपालिकाका प्रमुखसहित सुरक्षा अधिकारीहरूको सहमतिमा दुई वर्षदेखि सवारी पार्किङ गर्न अनौपचारिक रुपमा रोक लगाइएपछि सवारीसाधन बाहिर नै पार्किङ गर्ने तरिएको थियो । मुख्यमन्त्रीदेखि हरेक सुरक्षा अधिकारीको सवारीसाधन बाहिर नै पार्किङ गरिँदै आएकामा प्रदेश प्रमुखको गाडी मन्दिर प्राङ्गणमै लगिएपछि उनको गाडी प्रयोग गरेर टिकटक पनि बनाइएको छ ।

    गाडी पार्किङ गरेर प्रदेश प्रमुख मन्दिर भित्र गएको केहीबेरमै आएका दुई युवकले गाडी प्रयोग गरेर टिकटक बनाएका हुन् । उनीहरूले गाडीमा अडेस लागेर आइसक्रिम खाँदै टिकटक बनाएका हुन् ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मन्दिरभित्र प्रदेश प्रमुखको गाडी प्रवेश गराएकोबारे जानकारी नभएको बताए । ‘के भएको रहेछ म बुझ्न लगाउँछु’ उनले भने ।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech