ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

झापा : एक हजार बढी सर्वसाधारण एमालेमा प्रवेश
  • हजुरकाे पाेष्ट

  • झापा । विभिन्न पार्टी परित्याग गरी झापामा एक हजार बढी सर्वसाधरण नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरले आज आयोजना गरेको नगर सभा एवम् झापा क्षेत्र नं.३ स्तरीय पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा र माओवादीलगायत विभिन्न राजनीतिक दलका अगुवासहित सर्वसाधरण कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गर्ने अगुवा नेता तथा कार्यकर्ताहरुमा कांग्रेसबाट रोशन श्रेष्ठ, जीवन तामाङ, लोकबहादुर श्रेष्ठ, लक्ष्मी घिमिरेलगायत रहेका छन् । राप्रपाबाट लिला अधिकारी, शान्ता थापा, तारा जोगी, अमित गणेशलगायत छन् । त्यस्तै माओवादीबाट ज्ञानु सेन्चुरी, टिका मगर, शावित्रा बि.क., रीता सेन्चुरी, आशालाल राजवंशी र सन्दीप राजवंशीलगायत छन् ।

    झाँकीसहित आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पूर्व कानून मन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, केन्द्रीय सदस्य दूर्गा प्रसाई, प्रदेशका सचिवालय सदस्य एवम् प्रदेश सांसद बसन्त बाँनिया, जिल्ला अध्यक्ष दीपक कार्की, उपसचिव असारु राजवंशीले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । सोही अवसरमा ज्येष्ठ महिलाहरुलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै अग्नि खरेलले एमाले नै नेपाली जनताको भाग्य निर्माता रहेको बताएका छन् । झापा इञ्चार्ज समेत रहेका खरेलले गरीब, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको छ । उनले भने, ‘त्यसैले आज सबैको प्यारो पार्टी बनेको छ ।’

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech