ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

लिभरपुल र बार्यन म्यूनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
  • हजुरकाे पाेष्ट

  • २५ फागुन, काठमाण्डाै /   लिभरपुल र बार्यन म्यूनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भयो ।

    समग्रमा २–१ गोलको जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा लिभरपुलले २–० गोलको जित निकालेको थियो । दोस्रो लेगमा इन्टरका लोउटारो मार्टिनेजले गोल गरी टोलीलाई जिताए । तर पहिलो लेगमा हारेका कारण इन्टर क्वाटरफाइनल पुग्न असफल भयो ।

    त्यस्तै अर्को खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै जर्मन क्लब बार्यन म्यूनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्यनले दोस्रो लेगमा अष्ट्रियन क्लब साल्जवर्गलाई ७–१ गोलले हरायो । बार्यनका लेवान्डोस्कीले ह्याट्रिक गरेको खेलमा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक/ एक गोल गरे । साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काए । पहिलो लेग एक÷एक गोलको बराबरी भएको थियो ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech