ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

काठमाण्डौ–तराई फास्ट ट्र्याक, सुरुङ निर्माणको काम दुई सिफ्टमा
  • हजुरकाे पाेष्ट

  • २५ फागुन, काठमाण्डाै /   राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको काठमाण्डौ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सुरुङ निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन भएको छ । आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

    प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गर्दै गुणस्तर र समयसीमाको पनि ख्याल राख्न निर्देशन दिनुभयो । उहाँहरूले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरा शिविर र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिनुभएको हो ।  निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न उहाँहरूले ठेकेदार, परामर्शदाता र परियोजना पदाधिकारीलाई निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    प्रधान सेनापति र सचिवले परियोजना गुणस्तर निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई समेत विशेष निर्देशन दिनुभयो । आर्थिक वर्ष २०७४/७५ मा सुुरु भएको द्रुतमार्ग आयोजना विसं २०८१ को पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाण्डौ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर दूरीको छ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा झण्डै ६ दशमलव ३१ किलोमिटर दोहोरो सुरुङ रहने द्रुतमार्गमा ठूला र साना गरी ८७ वटा पुल रहनेछन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर र सडकखण्ड ५५ दशमलव ५ किलोमिटर रहनेछ ।

    आयोजनाको कूल लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार अनुमान गरिएको छ । आयोजनाको पछिल्लो वित्तीय प्रगति १५ प्रतिशत र भौतिक प्रगति १६ प्रतिशतको हाराहारीमा छ । आयोजनाका लागि अहिलेसम्म झण्डै २६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech