ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अध्यक्ष नेपालको दाबी, ‘आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुन्छ’
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने दाबी गरेका छन् ।

    बुधबारबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको बताएका हुन् । उनले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए ।

    गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र उक्त षडयन्त्रहरुलाई बिफल पारिएको उनको भनाइ छ । अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने उल्लेख गरे ।

    त्यस्तै उनले आफूहरुले निर्माण गरेको एमालेलाई केपी ओलीले कव्जा गरेका कारण बिद्रोह गर्नुपरेको धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताए ।

    बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीबारको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

    प्रतिवेदनमाथि छलफल गर्न विभिन्न समूह बनाइएको र बिहीबार ११ बजे बस्ने बैठकमा निष्कर्ष प्रस्तुत हुने नेताहरुले जनाएका छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech