ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण परिवर्तनको जस माओवादीले लिन सकेन : प्रचण्ड
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको बताएका छन् ।

    बुधबार काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापित गर्न नसकेको बताएका हुन् ।

    उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागीता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए ।

    त्यस्तै प्रचण्डले अहिले पनि लगातार संविधानमाथि प्रहार भइरहको भन्दै यसलाइ जोगाउन लागिपरेको धारणा राखे । समाजवाद उन्मुख अर्थतन्त्रलाई ठीक ढंगले लागू गर्नका लागि अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    त्यस्तै महासंघका संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्यले माओवादीको बिभिन्न कमिटीमा व्यवसायीहरुलाई कुनै स्थान नै नदिएको गुनासो गरे । त्यस्तै सहभागीहरुले अहिलेको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।

  • २५ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech