ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

समाज परिवर्तन सँगै ,स्वास्थमा पर्ने असरमा भएको रूपान्तरण
  • हजुरकाे पाेष्ट

  • स्वास्थमा पर्ने असर समाज परिवर्तन सँगै रूपान्तरण भएको छ।
    मानव उदविकासको पहिलो चरण जङ्गली युग हो। यस समयमा के कसरी बच्ने भन्नका लागि आहाराको मात्र जोहो गर्ने ढुङ्गाको चेप गुफा मा बस्ने कुनै बसोबासको टुंगो नभई आहारको खोजमा हिँड्दै जाँदा जुन ठाउँ मिल्यो त्यही ठाउँमा बस्ने यस्तो अवस्था बाट आजको विश्वव्यापी रुपमा चल्ने भाषा खाना स्वास्थ्य मापदण्ड लगायतका कामहरूको विकास हुन गएको छ। मानव समाजमा हुन गएका धेरै कुराहरु मा स्वास्थ्य कतै न कतै बाट जोडिन आएको हुन्छ ,केवल कुनै समाजको अस्थित्व हुनको लागि मानव जीवित हुन पर्दछ तब मात्र समाजको हरेक गतिविधि लाई नजिकबाट नियाल्ने अध्ययन अनुसन्धान गर्ने कामहरू भइरहेका हुन्छन्।

    आजको आधुनिक समाजमा स्वास्थलाई एकदमै महत्व दिइन्छ किनकि स्वास्थ्य उपचारको लागि चाहिने उपकरण हरु पनि तीव्र रुपमा उत्पादन गर्ने एक देशले अर्को देशलाई सहयोग स्वरूप दिने वा खरिद बिक्री गर्ने चलन तीव्र हुदै गएको पनि छ। त्यस्तै पेसाको हिसाबले पनि स्वास्थ्य उपचारको लागि चिकित्सा शास्त्रको समेत विकास गरी विश्वमा कैयौ औषधि बनाउने बिरामीको हेरचाह गर्ने सल्लेकृया गर्ने गरी विभिन्न पेशामा विभाजित भई ,यो पेशा लाई प्रकार्यतमक बनाइराखेको छ। हुन पनि मानिसलाई असर हुने भनेको नै मानव बिरामी पर्दा हो । मूलतः बिरामी पर्दा सञ्चो हुने र पुरानै अवस्था वा पूर्ण स्वस्थ हुनु भनेको कुनै पनि मानव जीवनको लागि सकारात्मक कुरा हो ।

    विश्वमा विकासको परिकल्पना गर्दा सुरुमा स्वास्थ नै पर्न गएको छ। मानव जीवनको सीमित आयु हुन्छ तर पनि त्यसमा सही रूपले बच्नको लागि कठिन पनि छ। त्यसकारण पनि स्वास्थको बारेमा धेरै बहस हुने गरेका हुन। सामान्य रुपमा आफ्नो काम गर्ने आफ्नो लागि र आफ्नो परिवारको लागि जीवनमा पर्ने आबस्यकता लाई परीपूर्ति गर्नको लागि स्वास्थ एकदमै महत्वपूर्ण हुन जान्छ। यदि यो कुनै काम गर्न नसक्ने भयो भने मानव समाजमा उसको भुमिका नै कमजोर हुन गएको हुन्छ। वास्तवमा स्वास्थमा पर्ने असरले त्यो समाजको बनावट र व्यक्तिमा पर्न जाने सकारात्मक वा नकारात्मक प्रभावको बारेमा निकै भूमिका खेलेको हुन्छ। त्यसकारण पनि स्वास्थमा पर्ने कठिनाई लाई समाधान गर्नको लागि धेरै प्रयास हरू भएका हुन।

    पछिल्लो समयमा हुन गएको समाज परिवर्तन एक प्रकारको प्रविधि बाट उत्पादन पछि देखिन गएको एकदम व्यस्त समाज हुन गएको छ। विश्वमा व्यापारीकरण लाई धेरै प्राथमिकता दिँदा गर्दा प्राकृतिक वातावरण मा समेत आमूल परिवर्तन हुन पुगेको छ। तत्पश्चात जीवन कसरी जिउने भन्ने कुरामा समेत परिवर्तन भएको छ। तथापि मानवीय स्वास्थ लाई धेरै नै असर हुने खालका ग्यासको समेत तीव्र रुपमा उत्पादन हुन गएको अवस्था छ। त्यो सँगै कसरी स्वस्थ जीवन जिउने भन्नेमा धेरै बहस र अध्ययन अनुसन्धान हुने क्रम तीव्र हुदै गएको छ। विश्वभर नै स्वास्थ लाई कसरी सुरक्षित राख्न सकिन्छ भन्दै विश्व स्वास्थ संस्था संगठन को समेत निर्माण हुन गएको छ।

    स्वास्थ राम्रो हुने वा नहुने भन्ने कुराले त्यो समाजको हरेक गतिविधि लाई प्रतिनिधित्व गर्ने गरेको हुन्छ। मुख्य रुपमा विकास को गतिलाई हेर्दा प्राय स्वास्थ्य लाई नै अगाडि ल्याउने गरिन्छ। समाजमा कुनैपनी महत्वूर्ण काम गर्नको लागि असल र शारीरिक रूपमा स्वास्थ्य मानिसको पूर्ण रुपमा आबस्यकता हुने हुँदा पनि विभिन्न प्रकारका स्वास्थ सामान औषधि उपचार को पनि विकास भएको मान्न सकिन्छ। त्यो सँगै समाजमा एक प्रकारको सामाजिक जीवनमा समेत परिवर्तन हुन गएको छ। वास्तवमा स्वास्थले नै मानिसको एक प्रकारको परिचय दिने गरेको पनि हुन्छ। त्यस कारण पनि पछिल्लो समयमा स्वास्थ लाई बढी प्राथमिकता दिइएको छ।

    हिजोको समाजलाई परिकल्पना गर्दा प्रकृति लाई खास असर हुने गतिविधि नभएका कारण मानिस काम बिरामी हुने र यदि बिरामी पर्यो भने सामान्य जडिबुटी बाट निको भयो भने सञ्चो हुने अन्यथा मानिसको मृत्यु हुने नै परम्परा बाट गुर्जदै आएको हो। तर आज प्रकृति लाई असर हुने विकास भए जसमा मानिस कसरी स्वस्थ हुने वा बिरामी पर्दा के कसरी उपचार को पद्धतिमा जाने भन्ने विभिन्न प्रकारका अनुसन्धान भई कुन बिरामी पर्दा कुन औषधि कति मात्रा खाने भन्ने एकिङ हुन जाँदा नयाँ समाजको उदय भएको अनुभव गर्न सकिन्छ। त्यसोत यो शिक्षाले समाजमा एक प्रकारको इज्जत मान सम्मन पाउँदै आएको छ। जुन समाजमा होस तर डाक्टर भन्दा एक प्रकारको सही वा सकारात्मक संदेश जाने गर्दछ।

    कुन खानाले शरीरलाई के शक्ति दिन्छ र त्यो शक्ति कति शरीरको लागि आवस्यक हुने हो भन्ने खालका अनुसन्धान भाई प्रयोग गर्ने साधन बजारीकरण ले विश्वव्यापी हुनु सकारात्मक हो। आजको विश्वमा अस्पताल मा हुने उपचारको विधि प्राय एउटै हुने र विकसित देशमा भएको अनुसन्धान अन्य देशमा प्रयोग हुने परम्परा चलिरहेको छ। यसले विश्वको समाजलाई एउटै मार्गमा लैजाने प्रयास पनि भएक छ। कुनै पनि अविकसित ठहरिएका समाजमा पनि ती विकसित ठहरिएका समाजबाट सिक्दै आगाडी बढिरहेको पाउन सकिन्छ। केवल समाजमा हुने परिवर्तन मध्य स्वास्थमा हुन गएको परिवर्तन सकारात्मक हो। जसले गर्दा शिक्षा लगायतका क्षेत्रमा पनि सकारात्मक सन्देश दिने काम गरिरहेको छ।

    कोभिड १९ विश्वमा अझै ताजा नै छ परन्तु यसको हिस्सा विश्वमा केही बाँकी पनि छ। यसले विश्वमा एक प्रकारको स्वास्थ्यमा हुने उपचार व्यवस्था लाई एकै प्रकारको बनाउन गयो केवल समाजमा नयाँ स्वास्थ्य उपचारको व्यवस्था कायम राख्न र विश्वमा के कसरी स्वास्थ्य लाई के कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुराको सानो वा विकसित नभएका र विकसित देशहरू बाट आफ्नो साधन तथा स्रोत हरु र ज्ञान को माध्यम बाट केही नयाँ कुराको विकास भयो यो पनि विश्वमा नयाँ घटनाको रुपमा प्रस्तुत भयो। यसको अलावा खोपको माध्यम र दैनिकी कृयाकलाप लाई सरसफाई सँग जोडेर केही जनचेतना मुलक काम हरु भए यो पनि स्वास्थ्य मा आएको परिवर्तन हो।

    समग्रमा भन्नुपर्दा स्वास्थ्य एक दैनिक जीवनमा हुने एक प्रकारको महत्वूर्ण तत्व हो। समाजको निर्माण र प्रक्रियागत रुपमा हुने विकासका आधारमा भएको परिवर्तन सँगै स्वास्थ्य र यसमा पर्ने असर सँगै उपचारमा पनि परिवर्तन हुन गएको छ। नयाँ नयाँ अनुसन्धान बाट आएका निचोड लाई आधार मान्दै नयाँ ज्ञानको विकास हुन जाँदा बिरामी पर्दा सहज तरिकाबाट उपचार ओखटिमुलो प्राप्त हुन जाँदा दैनिकी जीवन मा समेत आमूल परिवर्तन हुन गएको छ। यो सँग व्यक्ति व्यक्ति मा कामको बाँडफाँड हुँदा आधुनिक समाजले पनि बढावा पाउन गएको हो फलस्वरूप विश्वमा नै नयाँ तरिका बाट स्वास्थ्य लाई बुझ्ने र स्वास्थ्य लाई महत्वुर्ण अंगको रूपमा लिदा सफल र सकारात्मक समाजको परिकल्पना गर्न सकिन्छ।

    – यज्ञमुर्ति पाण्डे

  • १९ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech