ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकियाे
  • हजुरकाे पाेष्ट

  • ५ वैशाख ,  काठमाण्डाै /  नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो।

    काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ।

    चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

    लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् ।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech