ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

यश स्टारर् ‘केजीएफ २’को हिन्दी बेल्टले एक सातामै कमायो २५५ करोड !
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । साउथका सुपरस्टार यशको प्रदर्शनरत फिल्म ‘केजीएफः च्याप्टर २’ले नयाँ रेकर्ड कायम गरेको छ । ‘केजीएफ २’ले कयौं ठूलठूला फिल्महरुको रेकर्ड ध्वस्त गर्दै सबै भन्दा छिटो २५० करोड कलेक्शन गर्ने फिल्म बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको लेटेस्ट आँकडा सेयर गरेका छन् ।

    उनले टूवीट गर्दै केजीएफ २ को हिन्दी भर्सनले बलिउड र साउथ फिल्महरुको रेकर्ड तोडेको जानकारी गराएका छन् । दर्शकमाझ रिलिजमा आएको सातौं दिन अर्थात् बुधबार मात्रै पनि फिल्मले १६.३५ करोडको कलेक्शन गरेको थियो । योसँगै केजीएफ २ को हिन्दी भर्सनको कमाई एक सातामा १५५.०५ पुगेको छ ।

    तरण आदर्शका अनुसार फिल्मले विहीबार ५३.९५ करोड, शुक्रबार ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड, सोमबार २५.५७ करोड, मंगलबार १९.१४ करोड र बुधबार १६.३५ करोड गरी कुल २५५.०५ करोडको कलेक्शन गर्न सफल भएको हो ।

    केजीएफ २ ले तीब्र रुपमा कमाई गर्ने बाहुबली, दंगल, सञ्जु, टाइगर जिन्दा हैलगायत ठूला फिल्महरुलाई पछि पारेको छ । जानकारी अनुसार यशको केजीएफ २ को सबै भर्सनले भारतमा मात्रै ५०० करोडको आँकडा पार गरिसकेको छ ।

  • ८ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech