ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

‘कबड्डी ४’को ट्रेलर रिलिज, जेठ १३ मा होला त ‘काजी’को विहे ?
  • हजुरकाे पाेष्ट

  • ‘कबड्डी ४’को ट्रेलर रिलिज, जेठ १३ मा होला त ‘काजी’को विहे ?

    काठमाडौं । राम बाबु गुरुङको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका ‘कबड्डी ४’को ट्रेलर बुधबार सुष्मा प्रोडक्शन ग्लोबल युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा यो पटक पनि मुख्य पात्र काजी (दयाहाङ राई)को विहे हुन्छ कि हुदैन भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

    काजी (दयाहाङ राई)को लभ स्टोरीलाई कमेडी र भावनात्मक रुपमा प्रस्तुत गर्दै आएको यो फिल्मको पहिलो सिरिजमा मैया सोल्टिनी शहरको स्यालसँग भागेकी थिइन् । तैपनि काजीले शहर गएर फर्काएर ल्याए । त्यस्तै फिल्मको दोस्रो सिरिजमा मैया सोल्टिनी बमकाजीसँग भागिन् ।

    त्यस्तै फिल्मको तेस्रो सिरिजमा पनि काँशी सोल्टिनी आएर आस मात्रै देखाइन् । उनी पनि भागिन् । तर, फिल्मको चौथो सिरिज ‘कबड्डी ४’मा भने काजी (दयाहाङ)को विहे हुन्छ कि ? भन्ने सबैमा कौतुहलता छाएको छ । फिल्मको भर्खरै सार्वजनिक ट्रेलरमा भने काजीको विहे हुन्छ कि हुँदैन ? भन्ने कुरालाई सस्पेन्समै राखिएको छ ।

    त्यसैले अब काजीको विहे हुन्छ कि हुदैन भन्ने सस्पेन्स थाहा पाउनका लागि जेठ १३ नै कुर्नुपर्ने भएको छ । आगामी जेठ १३ बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मणि नेपाल, जयनन्द लामा, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, सारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनीमाया गुरुङ, उपेन्द्र सुब्बालगायतको अभिनय रहेको छ ।

    फिल्मलाई विशाल गुरुङ, सुश्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओम चन्द्र रौनियरले निर्माण गरेका हुन् ।

  • १४ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech