ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

एलन मस्कले ट्वीटर खरिद गर्नासाथ एक्कासी थपिए ३ करोड प्रयोगकर्ता
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद गर्ने कुरा पक्का भएपसँगै ट्वीटरका प्रयोगकर्ताको सङ्ख्या अतुलनीय रुपमा वृद्धि भएको छ । यससँगै कम्पनीको विज्ञापनबाट हुने आम्दानी पनि बढेको छ ।

    अर्कोतिर भने ट्वीटरको व्यवसाय बजारमा त्यति राम्रो नभएपनि व्यवसायिक रुपमा मस्कले ट्वीटर खरिद गर्ने निर्णय किन लिए भन्ने चर्चा पनि चलिरहेको छ । सन् २०२२ कै पहिलो तीन महिनामा कम्पनीले १.२ अर्ब डलर आम्दानी गर्दा  ५१ करोड ३० लाख डलर नाफा कमाएको थियो ।

    यो वर्ष मस्कले ट्वीटर खरिद गर्ने भन्ने बित्तिकै ट्वीटर प्रयोगकर्ताको सङ्ख्या पनि तीन करोडले वृद्धि भएको छ । गत वर्ष सम्म १९ करोड ९० लाख प्रयोगकर्ता भएको ट्वीटरको प्रयोगकर्ता सङ्ख्या यो वर्ष बढेर २२ करोड ९० लाख पुगेको कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

    रिपोर्टका अनुसार धेरै प्रयोगकर्ता अमेरिका भन्दा बाहिरका रहेका छन् । अमेरिका भन्दा बाहिरका प्रयोगकर्ताको सङ्ख्या १८.१ प्रतिशतले वृद्धि भएको छ । जबकी अमेरिकामा भने ६.४ प्रतिशतले मात्रै प्रयोगकर्ताको सङ्‍ख्या वृद्धि भएको छ ।

    यही हप्ता मात्रै ट्वीटरको बोर्डले विश्व धनाढ्य एलन मस्कलाई ट्वीटर बिक्री गर्ने निर्णय लिएको थियो । तर प्रयोगकर्ताको सङ्ख्या भने एलन मस्कले ट्वीटर खरिद गर्ने विचार व्यक्त गरेको समयदेखि नै वृद्धि हुन थालेको हो ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech