ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

” बा ” लाई भन्दिम ?
  • रुक्मांगत पन्त

  • संस्मरण

    छिमेकमा म जस्ता ५/७ वर्षे केटाकेटी टोलकै फराकिलो ठाउँमा बिहान र बेलुका जम्मा भै आफू खुशी खेल्ने गर्थ्यौं । हामी भन्दा ठुला दाइ दिदि , काकाहरु भलिबल , फुटबल , कबड्डी, कृकेट , दौड आदि खेलेको देखेका थियौं । लाग्थ्यो त्यस्तै गरि म पनि खेलौं । यो उमेरमा स्कुल जाने पढ्ने लेख्ने साथिभाईहरु संगै रमाउने, रिसाउने र झगडाबाट कुटाकुटमै उत्रने अवस्था शृजना हुन्थ्यो । यस्ता घटना धेरै विषयलाई लिएर पटक पटक भैरहन्थे ।

    आमाहरू सबैका र “बा” हरु कसैका मात्र घरमा रहनु हुने त्यो बेला आफ्ना नानी बाबुहरुका गुनासा उजुरीहरु आमाले सुन्नु पर्ने र आमालाई नै सुनाउनु पर्ने हुन्थ्यो । इन्साफ आमाले नै गर्नु पर्ने अवस्था थियो । चित्त नबुझे रुने कराउने गाली दिने मात्र होइन आमालाई नै उपलब्ध हातहतियार , लात्ती , गुच्छा , ढुंगा , भाँडा , कुचो आदिले हिर्काउँदै भाग्दै धेरै समयपछि गालीबाट चेतावनीले मन बुझाइन्थ्यो । यस्तो भएको चार पाँच घण्टामै उही झगडालुसँग खेल्ने गज्जबको रीत थियो । हामी ठुला र अली बुझ्ने हुँदै थियौं । हिजो जस्ता सानातिना विषयमा हामी बीच झडप कम हुँदै गएका थिए  । बानी त गएको थिएन र यसपछि भएका झगडाको उजुरी आमाले थेग्न सक्नुहुन्न भनेर बा सँग पुग्न थालेका थिए । पढ्ने विद्यालयमा पनि उजुरी पियन, मनिटर, कक्षा शिक्षकहुँदै हेडसरकहाँ पुग्न थाले । हाम्रो संसार घर, खेल्ने ठाउँ र स्कुल थियो ।

    हाम्रा बाहरु किसान , लाहुरे , पुलिस , शिक्षक, आर्मी , कर्मचारी , व्यापारी पेशामा हुनुहुन्थ्यो । आफू हेपिएको, कुटिएको वा अन्यायमा परेको मुद्दा  भरसक बासँग हाल्दैनथ्यौं र पनि थाहा पाएको हुनुहुँदो रहेछ । टोल र छिमेकीमा मिलेर बस्नु पर्छ । केटाकेटीको सानातिना झगडामा पक्षविपक्षमा लाग्नु हुन्न र शान्ति होस भन्ने सबैको चाहना हुने अनि तदानुसारकै व्यवाहार गर्ने सुन्दर संस्कार थियो । यस्तै सामाजिक गाउँले वातावरणमा हुर्कदैँ गरेका हामिमा त्यसको प्रभाव पर्ने भएपनि बालापन स्वाभाविकै चन्चल रहयो । समय, दिन, गएको थाहै नपाई १५-१६ वर्षे भैसकेका थियौं । गर्न हुने नहुने व्यवाहर , आचरण , पाप धर्म ,सम्मान , माया , मर्यादा जस्ता संस्कारगत ज्ञान स्वत: हामीमा सरेका पनि थिए । हिँजोको त्यो बालापनबाट शायद हामी धेरै पर छुटिसक्यौँ भन्ने आभाष मिल्न थाल्यो । पढाई ,  लेखाइ, खेलाई , डुलाई, बोलाई, खुवाई र लवाई सबै फरक भए ।

    हामी एकआपसबाटअलग अलग हुँदै अर्को संसारमा प्रवेश गर्न वाध्य भयौं ।कोहि साथी कता कोही साथी कता तितरबितर भयौं । छ महिना , वर्ष दिनपछि पनि विरलै २/४ दिनको लागि २/३ जनासँग मुस्किलले भेट हुन थाल्यो । गाउँ घरे संसारबाट बिदा भएका हामी जीवनको लक्ष्य उद्देश सहित आधुनिक शहरीया चिन्तकमा रुपान्तरीत हुन पुगेका हौं । ज्ञान र सीपको स्तर वृद्धिसँगै जीवन जिउने , आय र सोको वृद्धिमा समेत लाग्नै पर्ने बाध्यकारी अवस्था हामी प्रायः सबैको हो । शारीरिक , मानसिक श्रमको दवावले गरिएका सबै आ- आफ्नै रुचि , स्वभाव , अवस्था र योग्यताले जीवन लक्ष्यमा पुग्ने विकल्प खोज्ने एवं स्वाभिमानी भै मर्यादित हुन खोज्ने ध्याउन्न नै अभिष्ट भयो । अब त बाहरुकै बाटो क्रमशः पछ्याउन थालिसकेका थियौं सबैले । कार्यक्षेत्रबाट समय मिलाएर गाउँ घर तिर जान थालेका छौं अहिले ।

    गाउँघर तिर हिँजोका रहनसहन , रीतिरिवाज आदि केही केही परिवर्तन भएको , हुँदै गरेको अनुभुती थियो मलाई ! २०७० सालको संविधान सभाको चुनावमा भोट खसाल्न फेरि एक पटक गाउँ गएको थिएँ । पहिलेको २०६४ को चुनाव र अहिले हुँदै गरेको चुनावी गतिविधि , प्रचारप्रसार , राजनीतिक दल र तिनका नेता कार्यकर्ताको व्यवाहार, आचरण आदिमा पनि धेरै फरक पाएँ । राजनीति र चुनावले गाउँ निकै प्रभावित भएको रहेछ । जताततै दल र नेताहरू बारे जानीनजानी गाउँलेहरु बहसमा उत्रिएको , पक्ष विपक्षमा लागेको र पक्षमा पैरवी गर्दै चुनावी बैठक , र्याली, सभाहरुमा सरिक भएको रमाइलो थियोे । राजनीतिमा खासै चासो नराख्ने म पनि पक्षविपक्षमा तानिन बाध्य भएँ ।

    २०६४ सालको पहिलो संविधान सभाको चुनाव वरिपरि र २०५२ देखि २०६२ सालको बीचको अवधिमा गाउँमा भएको मनपरि र जोर जबर्जस्तिका बारेमा खुल्ला बहस हुँदा झन धेरै र सबै जसो कुरा थाहा भयो । मान्छेले मान्छेलाई गरेको अमानवीय हरकतहरु सुन्दा म पनि सक्रिय राजनीतिमा लाग्ने निधो गरेँ । राजनीतिको चुरोकुरो थाहा नहुँदा पनि गाउँलेले पाएको दु:खद पीडाले केहि गर्नपर्छ भन्ने भावना जागृत भयो । बा, आमा र गाउँलेहरु धेरैले नै ज्यादतीको शिकार हुन परेको, अरुहरु पनि अर्को गाउँको  सताइएका सत्य घटनाहरु खुलेरै २०७० को चुनावमा सतहमा आएका , कारण रहेछ माओवादीको डर हटेको । कांग्रेस खोजी खोजी , एमाले रोजी रोजीमा कर्यवाहीमा पर्ने र जबर्जस्तिका अतिहरुको कति शुरु हुँदै थियो । पहिलेको चुनावमा बा आमाले सुर्यमा भोट खसालेको थाहा थियोे । त्यही भएर होला म पनि एमालेमा सक्रिय हुन थालेँ । पार्टीको निति , सिद्धान्त र इतिहास थाह!छैन । अरु समकालीन युवाहरु जस्तै गरि कार्य क्षेत्रमा एमालेको पक्षमा बहस र पैरवी गर्न र कार्यक्रमहरुमा सहभागी हुँदै गर्दा युवा विद्यार्थीको नेतृत्व गर्न समेत पुगेँ ।

    २०७४ साल चुनावी वर्ष रह्यो जसमा मेरो सक्रियता अरु एमाले समर्थक कार्यकर्ता , सदस्य र नेतासँगै बढ्यो । फ़ुर्तिलो युवा देखेर होला स्थापित गर्ने गराउने र हुनेमा हामी लाग्यौं । स्थानीय कमिटीको नेता बन्न भनी प्रस्ताव आउन थाले र युवाको नेता बनेँ । संघ र प्रदेशको निर्वाचनमा माओवादीशीत संगै चुनाव प्रचारमा पनि लागियो, प्राप्त परिणामले हौसायो पनि  । विधिविधान, निति पद्धति , दृष्टिकोण विचार आदिको अज्ञानता र पुँजीवादी संस्कृति , आचरणको प्रभाव हावी हुँदै थियो र छ पनि । तैपनि पार्टी काममा ज्यान फालेर लागियो । जबजब नेताको हैसियतबाट मंचमा आसिन भएर अतिथि , वक्ता , प्रशिक्षक आदिको भुमिका हुन्थ्यो प्रभावकारी भाषण र तार्किक बहस गर्न सक्दिनथेँ ।

    राजनीति फुर्ति लगाएजस्तो सजिलो रहेनछ । यस्तोलाई पनि नेता मान्नुपर्ने जस्ता सकारात्मक आलोचना नसुनेको पनि होइन, जसले मन दुखाउँथ्यो । गाउँ , नगर , जिल्ला र केन्द्रका नेताहरूसँग पहुँच सम्बन्ध सम्पर्क राम्रै बनेको छ । म जस्तै अरु कमरेडहरु पनि हुनुहुन्छ । राजनीति हाम्रो आजसम्मको सम्पत्ति बन्न पुगेको छ । यसैलाई उपयोग गर्दै अब हामी पार्टीको कामसँगै उद्योग , व्यावसाय, व्यापार , जागिर , ठेक्कापट्टा आदि कामपनी गर्न थालेका छौं । हिँजोको दाँजोमा रहनसहन र जीवन स्तर हाइफाइमा उठेको छ र आफ्ना कुरा अरुले पनि सुन्न थालेका छन । मलाई नेता माने पनि उल्लेखित आलोचनात्मक टिप्पणी गर्ने पाका कार्यकर्ता र सदस्यहरुले हो । एकाध पटक विरोधीले पनि हामीलाई देखाएर पार्टीलाई तेजोवध गर्ने दुश्प्रयास गरेका छन । मजस्ताले गर्दा पार्टीलाई तत्कालीन लाभ भएपनि यस्तोले पछि पार्टीलाई नोक्सान गर्छ , दिगो हुन्न, जनताबाट टाढा पुर्याउँछ । यस कुराको  ज्ञान भएको छ तर पनि बानी र साथीहरूलाई परिमार्जन गर्न चुनौती देखेको छु।

    उल्लेखित हाम्रा क्रियाकलापले बाल्यकालको संझना गराउँछ । हामी सुस्त सुस्त आफू र पार्टी पनि बिग्रदै बिगर्दै छौं  । यो सबैलाई थाहा पनि छैन भएकाहरु सुधार गर्ने तर्फ पनि लाग्दैनन । मलाई पटकपटक यो विषयले घोचिरह्यो र लाग्यो आमालाई उजुरी गरेर यसको टुंगो लाग्दैन । आमाले फैसला दिन सक्दिनन भने मुद्दा  बालाई दिइने त्यो चलन लागू गर्न पनि गाह्रो भयो । जुक्ति खोज्ने क्रममा म जस्ता साथीहरू बिचमै सल्लाह गर्ने र हामी आफैले कमिकमजोरी सच्याउने र संगठन बलियो पार्ने । शुरुमा पाँच जनासँग प्रस्ताव राखेँ उल्टो मलाई नै झपारे । अरु दुई जनासँग राखेँ मानेन, भन्छन् त्यसरी त कहिले सफल भैदैन । राजनीतिमा जेपनि गर्नुपर्छ र सधै नेतृत्वमा रहनुपर्छ त्यसको लागि लागिरहनु पर्छ । अरु पहल पनि गरेँ । शुन्य मात्र हातलागेपछी संगठनलाई बदनाम र धारासायी हुनबाट बचाउन हामी सबैको विरुद्धमा फेरि बा लाई नै उजुरी दिने भएको छु ।एकदिन सबैलाई बोलाएँ र भने ‘बा’ लाई भन्दिम? उनीहरु सबैले भने जेसुकै गर ! मेरो केही नलागेपछि “बा” यो कुरा चिर्कटोमा लेखी हजुरलाई उजुरी गरेको छु, संगठनको संरक्षण गरि पाउँ ।

       रुक्मांगत पन्त , नेकपा एमाले जिल्ला कमिटी सदस्य , कपिलवस्तु

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech