ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

स्थानीय निर्वाचनबाट प्राप्त हुने नतिजाले दिने सन्देश 
  • शंकरप्रसाद भट्टराई

  • स्थानीय निर्वाचन -२०७९ को हाल आइरहेको नतिजाले सबै दल एक्ला एक्लै लडेको भए  एमाले र कांग्रेस पार्टी मात्र दुई ठुला पार्टीको रूपमा स्थापित हुने थिए । देशको राजनीतिले एउटा लय लिने थियो । सायद एमाले पहिलो शक्ति र नेपाली कांग्रेस दोस्रो शक्तिको रूपमा स्थापित हुने थियो  वा अर्कै खालको नतिजा प्राप्त हुने थियो ।  तर विडम्बना पार्टी भित्र विवाद हुँदाहुँदै पार्टीलाई पहिलो पार्टी बनाउने नाममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा समुहको एकल निर्यणले गठबन्धनमा जानुपर्ने अवस्था शृजना भयो र पाँच दलिय गठबन्धनको रूपमा नेपाली कांग्रेस र गठबन्धनका अन्य दलहरू चुनावमा होमिए । उता छिटफुट ठाँउमा बाहेक नेकपा एमाले एक्लै चुनावमा होमियो ।

    एमालेका लागि स्थानीय निर्वाचनमा प्राप्त भएको परिणाम शुद्ध हो भने गठबन्धनका दलहरूले प्राप्त गरेको परिणाम मिश्रति अर्थात अशुद्ध हो । स्थानीय निर्वाचनबाट प्राप्त भएको यो परिणामबाट दलिय हैसियत कायम गर्नु महाभुल हुने छ भने यसको वास्तविकता नजिकैं गरेको संघीय र प्रदेश निर्वाचनको परिणामबाट पुष्टि हुनेछ ।

    गठबन्धनको माध्यमबाट चुनावमा जाँदा मात्र एमालेलाई सिध्याउन सकिने र नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा धेरै ठाउँमा पराजय हुनु पर्ने भनाई राख्दै देउवाले गठबन्धनको औचित्य पुष्टि गरे । तर पार्टीका केही नेताहरू चुनावमा एक्लै जानूपर्ने मत जाहेर गरिरहे त्यसको सुनुवाइ भएन र गठबन्धन गरेरै चुनावमा जाने परिस्थिति बन्यो । गठबन्धनको विरोध जनाउने कांग्रेसका नेताहरूलाई प्रचण्ड , माधव नेपाल लगायतका नेताहरूले अनावश्यक रूपमा आलोचना गर्न पछि परेनन् ।

    चुनाव सम्पन्न भएपछि आइरहेको नतिजाले कांग्रेस पहिलो शक्तिको रूपमा स्थापित हुने देखिन्छ  । नेपाली कांग्रेसले प्राप्त  गरेको नतिजा तासको घर जस्तै कमजोर हो किनभने यसमा धेरै पार्टीको मत मिसिएको छ । अहिले जसरी प्राप्त भैरहेको परिणामले शेर बहादुरको गठबन्धनबाटै चुनावमा जाने भनाइ सहि नै रहेछ भन्ने प्रमाणित हुँदैछ । पाँच दलिय गठबन्धन विरुद्ध एक्लै लडेको पार्टी नेकपा एमाले दोस्रो शक्तिको रूपमा स्थापित हुँने स्थिति देखिन्छ । गठबन्धन भित्रको एउटा दल माओवादी केन्द्र तेस्रो शक्तिको रूपमा उदाउने निश्चित छ भने सोही गठबन्धन दल भित्र एमाले चोइटिएर बनेको दल नेकपा एकीकृत समाजवादी र अन्य मधेसवादी दलहरू अस्तित्व रक्षाको स्थितिमा छन ।

    एमाले सिद्धाउने मुख्य उद्देश्य राखेर गठन गरिएको सत्ता गठबन्धनका दलहरूले सोंचे अनुसारको परिणाम नदेखिए पछि अर्थात एमाले एक्लै चुनावमा लड्दा देखिएको परिणामबाट गठबन्धनका दलहरू बिच घोचपेच सुरु भएको पनि सुन्न थालिएको छ भने उनीहरु आश्चर्यमा परेजस्तो देखिएको छ । केही नेताहरू सोंचे अनुसारको परिणाम आएकोले चिन्ता प्रकट गर्न थालेका छन । गठबन्धनमा अन्तर घात भएको भनेर आरोप प्रत्यारोपमा उत्रिएको पनि विभिन्न मिडियाबाट थाहा भैरहेको छ ।
    गठबन्धन नेपाली कांग्रेसका लागि चाहिएको थिएन तर माओवादी लगायतका दलहरूले आफ्नो अस्तित्व कायम राख्नका लागि गठबन्धन गरेर जानुपर्ने नत्र परिस्थिति अर्कै हुने भन्दै शेर बहादुर देउवालाई धम्की दिंदै दवावमा पारिरहे । जसको कारण अहिले गठबन्धनमा केही असर देखिएको छ ।

    प्राप्त भएको चुनावी नतिजामा कांग्रेस पहिलो देखिएता पनि झण्डै अस्तित्व नै समाप्तिको अवस्थाबाट माओवाद केन्द्र तेस्रो शक्तिमा उदय हुनु कंग्रेसका लागि प्रत्युत्पादक नै हुनेछ । यसको प्रत्येक्ष असर निकट भविष्यमा हुन गइरहेको संघीय र प्रदेशको निर्वाचनमा देखिनेछ । किनभने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग सिटको बार्गेनिङ गर्दै बढी सिट दिनुपर्ने र नभए फेरि अर्को गठबन्धन बनाएर चुनावमा जान्छौं भन्ने सम्मको धम्की कांग्रेसका सभापति देउवालाई दिंदै गर्दा कांग्रेस नैतिक संकटमा फस्ने निश्चित प्रायः नै छ । किनभने प्रचण्ड यस किसिमका खेल खेलेर आफ्नो स्वार्थपुर्ती गर्ने चतुर खेलाडी हुन ।

    स्थानीय निर्वाचनमा उम्मेदवारी दिने ठाउँहरु धेरै भएको हुनाले गठबन्धनको खासै असर नदेखिएको हो । तर संघीय र प्रदेश निर्वाचनमा सिट संख्या थोरै हुने भएकोले गठबन्धनमा आवद्ध दलहरुलाई उनीहरुको माग अनुसारको उपलब्ध गराउँदा कांग्रेस थोरै सिट संख्यामा खुम्चनु पर्ने हुन्छ । यस्तो भयो भने लामो प्रजातान्त्रिक इतिहास बोकेको कांग्रेसको पहिलो पार्टी बन्ने अभियानमा तुषारापात हुन्छ । यो तर्फ कांग्रेसको नेतृत्व सचेत हुनु जरुरी छ ।

    एमाले सिद्दाउने एउटामात्र सिद्धान्तबाट निर्माण गरिएको गठबन्धनबाट प्राप्त हुँदै गरेको नतिजाले लामो राजनीतिक इतिहास बोकेका माधव नेपाल , झलनाथ खनाल लगायतका केही  नेताहरूको अस्तित्व संकटमा पर्ने निश्चित छ । गठबन्धन भित्रका दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू बाहेक  अन्य दलका नेताहरूको संसदीय यात्रामा पुर्णविराम लाग्ने निश्चित नै छ ।

    तसर्थ एमालेका लागि स्थानीय निर्वाचनमा प्राप्त भएको परिणाम शुद्ध हो भने गठबन्धनका दलहरूले प्राप्त गरेको परिणाम मिश्रति अर्थात अशुद्ध हो । स्थानीय निर्वाचनबाट प्राप्त भएको यो परिणामबाट दलिय हैसियत कायम गर्नु महाभुल हुने छ भने यसको वास्तविकता नजिकैं गरेको संघीय र प्रदेश निर्वाचनको परिणामबाट पुष्टि हुनेछ ।

                                                                    – शंकरप्रसाद भट्टराई

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech