ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण दिन बन्द
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । जग्गा धितो राखेर ऋण दिन बन्द गरिएको छ । सरकारद्वारा जारी भू–उपयोग नियमावली–२०७९ अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न मालपोतले नमानेपछि धितो राखेर ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुले बन्द गरेका हुन् ।

    भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ ले खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्नैपर्ने नियम ल्याएको छ । जसका आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्ने नियमावलीमा उल्लेख छ ।

    यहिँ भू–उपयोग नियमावलीलाई आधार बनाएर सोमबारदेखि मालपोत कार्यालयले जग्गा रोक्का गर्न बन्द गरेका छन् । मालपोत कार्यालयले जग्गा रोक्का गर्न बन्द गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि जग्गा धितो राखेर ऋण दिने काम बन्द गरेका छन् ।

    मन्त्रिपरिषदबाट पनि उक्त भू–उपयोग नियमावली पारित भइसकेको छ । र, उक्त नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो रुपमा राख्न सकिने छैन ।

    भू–उपयोग नियमावलीमा वर्गीकरण जग्गा यसप्रकारका छन् :

    १. कृषि क्षेत्र
    २. आवासीय क्षेत्र
    ३. व्यावसायिक क्षेत्र
    ४. औद्योगिक क्षेत्र
    ५. खानी तथा खनिज क्षेत्र
    ६. वन क्षेत्र
    ७. नदी, खोला, ताल, सिमसार क्षेत्र
    ८.सार्वजनिक उपयोगको क्षेत्र
    ९. सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र
    १०. नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech