ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

बंगलादेशमा बाढीमा परी २५ जनाको मृत्यु
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ । विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । रेडियो पाकिस्तानले देशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबार (जुन १५) त्यस क्षेत्रमा बाढी आएको हो ।

    बुधबार (जुन १५) उत्तर-पूर्वी क्षेत्रहरूमा भारी वर्षा र अपस्ट्रीम भारतको मेघालयमा रेकर्ड-ब्रेक हने गरी वर्षात् भएको छ । सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

    डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

    आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन् । आसममा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

    जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् ।

    असम राज्य प्रकोप व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को रिपोर्ट अनुसार विगत दुई दिनदेखि परेको मुसलधारे वर्षाले जिल्लाका धेरै नदीहरूको पानीको सतह बढ्दै गएको छ र १,८९१.८० हेक्टर बाली जमिन डुबानमा परेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech