ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

चिदिका अर्घाखाँचीमा विज्ञान शिक्षकले पुर्ण प्राकटिकल सहित शिक्षण गर्दै
  • हजुरकाे पाेष्ट

  • ५ आषाढ , अर्घाखाँची /  चन्द्र माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विज्ञान विषयको ढाड नभएका जनावर पाठ अन्तरगतको मौरी भन्ने पाठ्यवस्तुको प्रत्यक्ष रूपमा मौरी पालन गरेको ठाउँमा नै उपस्थित भै प्रत्यक्ष सहभागी भएर मौरीको जीवन चक्रको बारेमा ज्ञान हासिल गरेका छन ।
    मौरीको शारीरिक बनावट जान्ने , रानी मौरी , कर्मी मौरी र भाले मौरी पहिचान गर्ने र यी मौरीको खानाको बारेमा जान्ने , मौरी पालनको उपयोगिता बताउन सक्ने जस्ता उद्देश्यहरु राखेर उक्त क्षेत्र भ्रमण आयोजना गरिएको विज्ञान विषय शिक्षक शंकर प्रसाद भट्टराईले बताए का छन।
    छत्रदेव गाउँपालिका वडा नं-१ चिदिका मौलिपोखराका मौरीपालक तथा समाजसेवी व्यक्ति रामजी प्रसाद पाण्डेले विद्यार्थीहरुलाई मौरीको घार खोलेर देखाउँदै रानी , कर्मी र भाले मौरीहरुको पहिचान गराउँदै यिनिहरुले खाने खानाको बारेमा प्रष्ट पारेका थिए । उक्त अवसरमा विद्यार्थीहरुका जिज्ञासाको उत्तर दिंदै मौरी पालनको फाइदा समेत बताएका थिए ।       
    किताब पढेर भन्दा यसरी प्रत्यक्ष रुपमा सहभागी भएर अध्ययन गर्न पाउँदा विषयवस्तुको बारेमा गहिरो ज्ञान हासिल गर्न सजिलो भएको सहभागी छात्रा रचना अधिकारीले बताइन, भने छात्र अमृत पन्थीले पनि यसरी अध्ययन गर्न पाउँदा सिकेको कुरा सदैव स्मृतिमा रहने कुरा व्यक्त गरे । उक्त अवसरमा विषय शिक्षक शंकर प्रसाद भट्टराईले आफ्नो घरमै आउने अनुमती प्रदान गरेर विद्यार्थीहरुलाईृ मौरीको बारेमा जानकारी दिनु भएकोमा प्रशिक्षक रामजी प्रसाद पाण्डेलाई धन्यवाद दिएका थिए ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech