ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

नेपालले बहराइनलाई हरायो
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।

    नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

    बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥र्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् भने कविता कुँवरले अविजित ३ रन बनाइन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक/एक विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपीका रासंगिका र थरंगाले २र२ रन जोडिन् ।

    नेपालकी कविता कुँवर र सबनम राईले २/२ विकेट लिइन् भने अश्मिना कर्माचार्यले १ विकेट झारिन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपालले भोलि हङ्कङसँग खेल्नेछ ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech