ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

परिवर्तित समाजले खोजेकाे नयाँ नेतृत्व
  • यज्ञमुर्ति पाण्डे

  • नेपालमा पछिल्लो पटकको स्थानीयतहकाे चुनाव २०७९ वैशाख ३० गते सम्पन्न भयो यो चुनावको लागि उम्मेद्वार दिने विभिन्न पार्टीका उम्मेद्वार भए तर बागी र स्वतन्त्र रूपमा पनि उम्मेद्वार दिनेको संख्यामा केही कमि भएता पनि धेरै जसो मतदान केन्द्रमा स्वतन्त्र तथा बागी उम्मेद्वार भएको समाचार सुन्न पाइन्थ्यो। स्वतन्त्र भन्दा बागी उम्मेद्वार कम भएता पनि यी सबै स्वतन्त्र भन्न चाहन्थे किनकि कुनै पार्टीको आडबिना उम्मेद्वारी दिनु आजको दलीय व्यवस्थामा सामान्य कुरा होइन। परिवर्तित समाजमा नयाँ ढंगबाट शासन व्यवस्था चलाउनु पर्ने र विश्व सामु आफ्नो देशमा नयाँ शक्ति र ऊर्जाका साथ काम गरी एक खालको व्यक्तिगत रुपमा जनताले प्रतक्ष रुपमा सहज वातावरणमा सेवा सुविधा पाउनु पर्दछ भन्ने सबै उम्मेद्वारको भनाई थियो।

    लोकतान्त्रिक पद्वती अनुसार स्वतन्त्र उम्मेद्वार दिनु सामान्य कुरा हो, तर नेपालमा भने चुनौतीपूर्ण नै हो। किन त भन्दा यस्तो दलीय व्यवस्थाले जरा गाडिसकेको देशमा स्वतन्त्र उम्मेद्वार दिनु र जनता सँग भोटको अपिल गर्दा के यस्तो पनि होला र भन्दै चोक चौतारी चिया पसलमा सामान्य जनताले भलाकुसारी गरेको सुन्न पाइन्थ्यो। फलस्वरूप  मत परिणाम  स्वतन्त्र उम्मेद्वारका  पक्षमा  देशको सबैभन्दा धेरै मतदाता रहेकाे  काठमाडौं महानगरपालिका (का.म.न.पा.) को मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह  निर्वाचित हुनु पनि सामान्य कुरा हैन्। केवल समाजमा जनताको आफ्नो हक अधिकार प्रयोग गर्ने ठाउँ मतदान हो भने जनताले जसलाई चुन्यो त्यही नै प्रतिनिधि बन्ने हो।

    बालेन्द्र शाह राजनीतिमा नयाँ अनुहार हुन, उनले आफ्नो बौद्धिकता सामाजिक सञ्जालमा योजनाबद्ध ढंगले प्रस्तुत गरेकाे हुनाले मात्र चुनाव जितेको देख्न सकिन्छ। उनको चर्को प्रचार प्रसार ,महंगो कुनै पनि कार्यक्रम देखिएन। अन्य उन्नेद्वारहरु भन्दा सामान्य तर भद्र स्वभाव देखिन्थ्यो । मैले जितेभने काठमाडौंलाई सफा स्वच्छ वातावणको शहर बनाउँछु भन्दथे भने गर्न सकिने कामको भने मुखैले स्पष्ठ बुझिनेगरी र अघिल्लो पटकका योजना हरु असम्भब छन् र त्यसको लागि धेरै बजेट र समय लाग्छ भन्दै सामाजिक सञ्जालमा एकाएक भाइरल भएका थिए नभन्दै उनैको पोल्टामा चुनाव पल्टियो अब के गर्छन् भन्ने कुरा हेर्न बाँकी छ।

    हिंजोका अन्य पार्टीका घोषणापत्र र सिद्धान्त कुनै गलत होइनन् परन्तु समाजमा लागू गर्दा चुकेका कुरा पटक पटक निर्वाचन हुँदा पनि सच्चाउन नसक्नुकाे कारण र  परिवर्तित समाजमा नयाँ ढंगबाट जनताका चाहना समेट्न नसक्नुले मेरो विचारमा नयाँ प्रतिनिधि जनताले चुनेका हुन।  तर यो मात्र पनि हैन्  के र किन भन्ने कुरा समाजशास्त्रीय रुपमा अनुसन्धान गर्नु पर्दछ । परिकल्पना गर्दा समाजमा सुनेका कुरामा आधारित भएर गर्ने हो तर प्रतिवेदन आउँदा के कसरी आउँछ त्यो अनुसन्धान परिणाम ले मात्र निर्णय गर्दछ। यति मात्र भन्न सकिन्छ कि समाजमा भएका जनताका सेन्टिमेन्ट लाई नै मुख्य आधार नबनाउने हो भने चालू राजनैतिक पार्टीले यस्तै हार व्यहोर्नु भन्दा अन्य विकल्प नरहन सक्छ। यो त सामान्य उदाहारण मात्र हो।

    चुनावको मुखमा पार्टी प्रवेश गराउने लहर सबै पार्टीका मुख्य काम भए , तर जनताका सेन्टिमेन्ट के छन् भन्ने कुरामा कुनै पनि दलका धारणा प्रष्ट देखिएनन् ,जनताले चाहेको के कुरा हो त्यो अनुसार काम गर्न सकियो कि सकिएन भन्ने मुख्य कुरा हो। चुनावको मुखमा आउँदा सक्रिय देखिएर मात्र चुनाव जित्ने जमानाको अन्त्य भएको काठमाण्डौको चुनावले सबै पार्टीका नेताहरुलाई चेतना दिलाउन पर्ने हो। अब पनि पुरानै नारा र पार्टीका इतिहास लाई महंगो कार्यक्रम गरी कार्यकर्ता भेला गराएर भाषण गरी ताली पिटेर मात्र समाजमा कुनै परिवर्तन आउँदो रहेनछ भन्ने कुरा साच्चिकै बुझ्न नसके कुनै पनि दल वा पार्टीको इज्जत रहन सक्दैन भन्ने कुरा छर्लङ्ग भयो। सच्चा नागरिकको भोट आफ्नो पोल्टामा पार्न नसकिदो रहेछ भन्ने बुझ्नु आवश्यक देखिन्छ।

    राजनिति कुनै पनि आन्दोलन गर्नका लागि मात्र हो भन्नु र त्यो आन्दोलन लाई मात्र मुख्य एजेण्डा बनाएर  चुनाव लड्नु आजको दिनमा मूर्खता मात्र हो। आन्दोलन कुनै व्यवस्था भत्काउनका लागि गरिने हो। तर व्यवस्था पिरवर्तन पछि जनताले के पाउनु पर्ने थियो त्यो जनताले पाए वा पाएन भन्ने कुराको ख्याल नेतृत्व वर्गले गरे वा गरेनन् भन्ने मुख्य प्रश्न हो। यदि नेतृत्वले खुट्टा बिराए भने जनता सधैं त्यो नेतृत्व पर्खने रहेनछन् भन्ने पनि काठमाडौं ले देखायो। सधैं भरी कुनै पार्टीले नै चुनाव जित्नु पर्दछ भन्ने भनाई मेरो हैन्। तर व्यवस्था परिवर्तन गरियो र नयाँ व्यवस्थाको लागि लडेको हो भन्नेहरु आजका दिनमा किन जनताको जनमत जित्न सकेनन् भन्ने मात्र प्रश्न हो।

    विश्व परिवर्तनको दौरानमा छ। त्यो दौरानलाई नेपालले मात्र रोक्न सक्दैन देख्न सकिन्छ। कि आज बसाइसराई हुनुको मुख्यकारण भनेको नयाँ खोज अनुसन्धान र कसरी सहज रुपमा जीविकोपर्जनका उपाय हुन सक्छन् भन्दै नयाँ ढंगबाट आविष्कारको सुरुवात गरिएको छ। नेपाली दाजुभाई पनि विभिन्न खोजमूलक कार्यमा खटिरहेका छन् विश्वमा नाम चलेका केन्द्रमा नेपाली दाजुभाई दिदी बहिनी हरुले कति नयाँ कुराको बारेमा अध्ययन अनुसन्धान गर्नु भएको छ भन्ने कुराको सबैलाई जानकारी अवगत नै छ। भने त्यो नयाँ खोजमूलक कार्य एक जनाको लागि मात्र नभई सबै विश्वमा रहेका मानव जातिहरूका लागि हो। त्यस अनुसार विश्वका सबै समाजमा परिवर्तन आउने हो र नेपाल पनि यसरी नै परिवर्तन भइसकेको कुरा के नेतृत्व वर्गलाई थाहा नभएको होला भन्न अलि नसुहाउने हो।

    आजको नेपाललाई हेर्ने हो भने करिब दश वर्षको अवधिलाई मात्र हेर्ने हो भने पनि आमूल परिवर्तन भएको विभिन्न अनुसन्धान प्रतिवेदन हरुमा देख्न सकिन्छ। त्यो अनुसार किन नेतृत्व वर्ग परिवर्तन हुन सकेन भन्ने मुख्य प्रश्न हो। समाजमा राजनीति भन्ने  मुख्य कुरा हो समय अनुसार राजनीतिमा परिवर्तन ल्याउन सकिएन भने समाजमा सहि ढंगबाट व्यवस्था परिवर्तन गर्न सकिँदैन भन्ने कुरा किन बुझिएन? विडम्बना यहाँनेर छ। मुख्य राजनैतिक दलहरुमा बौद्धिक बहस भन्दा एक आपसमा घोचपेच गरी एक अर्कोमा कसरी गिराउने भन्नेमा नै लाग्नुकाे परिणाम आज बालेन् जस्ता स्वतन्त्र उम्मेद्वार हरुले जनमत पाउनु हो। जनमत जसले पाएपनि मलाई चिन्ताको विषय हैन् तर विकासका काम के कति हुन सक्छन् भन्ने हो । एकजना राम्रो हुँदैमा सारा समाज परिवर्तन हुन सक्दैन र सबै ठाउँमा स्वतन्त्र उम्मेद्वार हरुले जनमत पाउन पनि सक्दैनन् । त्यसकारण राजनैतिक दलहरु नै सुध्रिन आवश्यक छ भन्ने मात्र चाहना हो।

    समग्रमा भन्नुपर्दा नेपालको केन्द्रीय राजधानीको अनुसन्धान रिपोर्ट हेर्दा काठमाडौं बौद्धिक वर्ग धेरै भएको ठाउँ हो। यहाँ विभिन्न जिल्लाहरूबाट आफ्नो जन्म ठाउँ छाडी बसाइसराई गरी आएका मानिसको बसोबास छ। त्यसकारण यहाँका मानिसहरू आफ्नो पुर्ख्यौली पेसा व्यवसाय लाई छाडी नयाँ ढंगबाट जिविको पार्जन गर्दै आएका छन् विश्वमा भएको परिवर्तन लाई आत्मसाथ गरी व्यवस्था परिवर्तन गर्न चाहने मानिसको संख्या धेरै छ। त्यसकारण पनि स्वतन्त्र उम्मेद्वार बलेन्द्र शाहको बौद्धिक कुरालाई आधार मानेर जनमतको लहरो आएको एक प्रकारको अनुमान गर्न सकिन्छ ,भने चालू राजनैतिक पार्टीले गरेका घोषणा पत्र पटक पटक लागू हुन नसक्नु अर्को मुख्य कारण देख्न सकिन्छ। यसरी नयाँ सोच विचार जांगर अनुसार नेतृत्व आउने हो भने परिवर्तन अवस्य हुन्छ।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech