ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादीको दबाब
  • हजुरकाे पाेष्ट

  • तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री देउवालाई एकीकृत समाजवादीको दबाब

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ ।

    बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो ।

    सचिवालयको बैठकको निर्णयलाई नै लिएर अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित आयोजना भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको पनि बताइएको छ । अध्यक्ष नेपालले सचिवालयको बैठकअनुसार नै गठबन्धनको बैठकमा मन्त्री हेरफेरको प्रस्ताव राख्ने भनिएको छ ।

    यसअघि नै एकीकृत समाजवादीले देउवा सरकारमा बहालवाला मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने प्रस्ताव बालुवाटार लगिसकेको छ भने नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्री बनाउन सिफारिस गरिसकेको छ । यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्न पनि यसअघि नै प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले निर्णय गरेको छ ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech