ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न बार एशोसिएशनको माग
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । ठगीको आरोप लागेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेल बीचमा भएको मोलमोलाईको अडियोका बारेमा छानबिन गर्न नेपाल बार एशोसिएशनले माग गरेको छ ।

    एशोसिएशनकी महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति निकालेर सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य–तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानूनी दायरामा ल्याउनका सम्बन्धित नियमनकारी निकायहरुसँग माग गरेकी छिन् ।

    संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका, व्यवसायिक र मर्यादित बार एशोसिएशनको प्रमुख लक्ष्य रहेको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीबृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरुको नेपाल बार एशोसिएशन घोर निन्दा गर्दछ ।’

    न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति बनाएको छ । यस्तै बार काउन्सिलले पनि अधिवक्ता पोखरेलसँग स्पष्टिकरण मागेको छ ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech