ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

गठबन्धनले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएका छन् ।

    बुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे ।

    सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताए । उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने बताए ।

    सम्मानित नेता खनालले भने, ‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौँ, नौ होइन, २० लाख भन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ । यसमा हाम्रा पनि केही त्रुटी कमजोरीहरु रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्‍यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ ।’

    सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताए ।

    उनले नेकपा एकीकृत समाजावादी मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए । सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए ।

    उनले भने, ‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनु पर्छ । नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन । अविलम्व सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ ।’

    सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले फोहोरको समस्या समाधानका लागि अविलम्व आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्नसक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताए ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech