ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

न्यायाधीश कोइराला भन्छन् : फोनमा कुरा सुनिदिएको मात्रै हो, फट्याइँ गरेको छैन
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । कानून व्यवसायीसँगको घुसवारेको अडियो विवादमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूले घुस खाने नियत नराखेको दावी गरेका छन् ।

    उनले कानून व्यवसायी रुद्र पोखरेलले आफूलाई झुक्याएर फोन गरेको र बारम्बार आफ्नो कुरा सुनिदिन आग्रह गरेकाले फोनमा कुरा गरेको बताए । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद हालै सार्वजनिक भएको छ । न्यायाधीश कोइरालाले भने आफूले कुरा सुनिदिएको मात्र बताएका छन् ।

    ‘त्यो मुद्दा हेर्न थालेदेखि नै मलाई निकै फोन आउन थाल्यो । अनि मैले स्वीच अफ गरेर बसेको थिएँ’ उनले भने, ‘श्रीमतीको फोन (सेट) मा सिमकार्ड फेरेर अर्को नम्बर राखेको थिएँ । कताबाट थाहा पाएर फोन गरे ।’ फोन आउदा आफू नुहाउन बाथरुममा छिरेको र श्रीमतीले रुद्र पोखरेल भनेर नाम देखिएको बताएपछि कुरा गरेको कोइरालाको भनाइ छ ।

    उनका अनुसार, फोन उठाएपछि पोखरेलले कुरा सुरु गर्नासाथ यही विषयमा प्रवेश गरे । सुरुमा फोन नगर्नुस् भनेर आफूले पन्छाएको भन्दै कोइरालाले दोहोर्‍याएर फोन गरेर पैसाको प्रलोभन देखाएको बताए ।

    ‘उनले फोन गर्नेवित्तिकै यसो छ, उसो छ भनेका थिए’ न्यायाधीश कोइरालाले अनलाइनखबरसँग भने, ‘पैसाको कुरा नगर्नुस् हजुर, म डराएँ, खुट्टा कमाएँ । मेरो बुबाको सम्पत्ति छ, हजुरबुबाले कमाइदिएको सम्पत्ति छ । त्यतिले पुग्छ, मलाई एक रुपैयाँ लोभ छैन भनेको छु ।’ सुरुमा आफूसँग भएको धेरै कुराकानी बाहिर नआएको उनको दावी छ ।

    ‘फोन गरेपछि रेस्पोन्स नगर्ने कुरा पनि भएन । बारको कोषाध्यक्ष जस्तो मान्छेले कुरा गरेका छन् । हो हो भन्नैपर्‍यो’ उनले भने, ‘सुरुमा मैले मलाई फोन नगर्नुस् । कुनै हालतमा हुदैन भनेको थिएँ । त्यसपछि उनले ‘कुरा सुन्नुस् न कुरा सुन्नुपरेन ?’ भनेपछि ल ल के रहेछ कुरा भनेर कुरा सुनेको र हो मा हो मिलाएको हुँ ।’ त्यो संवाद समेत बाहिर नआएको उनको दावी छ ।

    न्यायाधीश कोइरालाका अनुसार, सिभिल सहकारीको ठगी मुद्दामा धेरै पीडित थिए । इजलासमा मुद्दाको सुनुवाइका क्रममा कतिपय पीडितहरु आफ्नै अगाडि आएर रुने, कराउने, चिच्याउने गरेको उनले बताए । ‘मैले हुदै हुदैन । सक्दै सक्दिन भनेको थिएँ’ उनले भने, ‘उनले (पोखरेल)ले कुरा पनि नसुन्ने कुरा त सुनिदिनुस् भनेपछि त्यति कुरा गरेको हुँ ।’

    न्यायाधीश कोइरालाका अनुसार, इच्छाराज तामाङ लगायतका आरोपित जोडिएको सिभिल सहकारीको मुद्दामा धेरै जनाको दबाव थियो । धेरैले फोन गरेपछि उनले स्वीच अफ गरेर आफू बसेको बताए ।

    मुद्दाका लागि उच्च अदालतका न्यायाधीशदेखि राजनीतिक दलका नेता, प्रहरी अधिकारीको समेत आफूलाई फोन आएको न्यायाधीश कोइरालाले बताए । कतिपयले आफ्नो ड्राइभरको फोनबाट समेत सम्पर्क गरेको उनले बताए ।

    ‘मैले गर्दिन, मबाट हुँदैन । मानिसहरु पीडित छन् भनेको हुँ । कतिपय ठूलै मान्छेको फोन आउँछ, उठाइदिनै पर्‍यो’ उनले भने, ‘(त्यो मुद्दाका लागि) मलाई कसले फोन गरेन होला र ?’ तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने फोन नगरेको कोइरालाले बताए । पछि आफैंले तामाङलाई थुनामा पठाउन आदेश दिएको उनले बताए ।

    ‘मेरो सिधा कुरा छ, मैले फट्याईं गरेको छैन । मलाई धेरै दबाव आएकाले १५/२० दिन फोन स्वीच अफ गरेको थिएँ, टेलिकममा हेर्दा पनि थाहा होला’ उनले भने, ‘कुरा त सुनिदिनुस् भनेर जबर्जस्ती गरेकाले सुनेको हुँ । समाज यही हो, मैले फोनमा कुरा गर्दिन भन्ने मिलेन । खाई न पाई, छालाको टोपी लाई झै भयो । बेकारमा मलाई डुबाइदिए ।’

    From-ONLINEKHABAR

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech