ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी (एस) मा गम्भीर मतभेद उत्पन्न भएको छ । यसअघि हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीले निर्णय गरेपछि त्यसले पार्टीभित्र खैलाबैला नै मच्चाएको छ ।

    गत जेठ २२ गते सरकारमा रहेका आफ्ना ४ मन्त्रीलाई फिर्ता बोलाउने नेकपा एसको सचिवालय बैठकको निर्णयले पार्टीभित्रै मतभेद चुलिँदै आएको देखिन्छ । मन्त्री हेरफेर गर्ने निर्णयविरुद्ध मन्त्रीसहितका १० सांसदहरुले हस्ताक्षर नै गरेर पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    स्वास्थ्य मन्त्री समेत रहेका सांसद विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री सहितका १० सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जसमा श्रममन्त्री किसान श्रेष्ठ तथा सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले हस्ताक्षर गरेका छन् । उनीहरु मन्त्री हेरफेरको विपक्षमा रहेका छन् ।

    यद्यपि हाल प्रतिनिधि सभामा नेकपा एसका २३ जना सांसद रहेकोमा अन्य केही सांसदहरु भने मन्त्रीको भागबण्डा खान मन्त्री हेरफेरका लागि दबाव दिइरहेका छन् । यस मतभेदले पार्टीभित्र विभाजन ल्याउन सक्ने चिन्ता समेत नेतृत्वलाई थपिएको छ ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech