ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् ।

    आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्कोपटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’

    उनले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताए । ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उनले भने । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा गर्वका साथ रहेको र विवादरहित निर्णय गरेको दाबीसमेत गरे ।

    काममा कतै पनि तलमाथि नगरेको दाबी गर्दै उनले भने, ‘जति दिन म बसें असाध्यै गर्वका साथ, विभागले गरेका, कुनै पनि शाखाले गरेका निर्णयहरु विवादरहित भएर ८ महिना २१ दिन सफलतापूर्वक सम्पन्न गरेर म आज बाहिरिंदै छु ।’ उनले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह पनि गरे ।

    चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गरे । ठगेको पैसा २४ घण्टाभित्र दिने कि नदिने भनेर आफूले दलालहरुलाई डाइरेक्ट फोन गर्ने गरेको बताउँदै उनले भने, ‘म एक्सनमा जाँदाखेरि, कहिलेकाहिं कतै चर्को स्वरले चित्त दुखेको छ भने त्यो आजदेखि भुल्दिनुस् है ।’

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech