ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा
  • हजुरकाे पाेष्ट

  • लन्डन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता मध्य एसियास्थित सोभियत संघकालीन दुईवटा पूर्व गणराज्यहरूको भ्रमण गर्न लागेको रुसी सरकारी टेलिभिजनले जनाएको छ । गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आदेश दिइएपछिको यो पुटिनको पहिलो विदेश यात्रा हुने भएको छ ।

    युक्रेन युद्धको कारण दुवै पक्षमा हजारौं व्यक्तिको ज्यान जानुका साथै लाखौं युक्रेनी जनता विस्थापित भइसकेका छन् । यसै युद्धलाई लिएर पश्चिमी जगतले रुसमाथि लगाएको नाकाबन्दीका कारण आर्थिक अवस्था गम्भीर हुन थालेकाले अन्य शक्ति राष्ट्रहरू जस्तै चीन, भारत र इरानसँग व्यापारिक सम्बन्ध सुदृढ गरिनुपर्ने पुटिनको भनाइ रहेको छ ।

    रोस्सिया १ स्टेट टेलिभिजन स्टेसनका क्रेमलिन मामिलासम्बन्धी संवाददाता पाभेल जारुविनका अनुसार पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणपछि मस्कोमा इन्डोनसियाली राष्ट्रपति जोको विदोदोसँग भेटवार्ता गर्नेछन् । त्यसै गरी, दुसान्वेमा पुटिनको रुसका निकतटम समर्थक तथा पूर्र्व सोभियत गणराज्यमा लामो समयदेखि सत्तासिन ताजिक राष्ट्रपति इमोमाली राख्मोनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    आस्गावातमा पुटिनले अजरबैजान, कजाखस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरूसँगै क्यास्पियन मुलुकको शिखर बैठकमा सहभागिता जनाउने जारुविनले बताएका छन् । यसअघि, पुटिनले फेब्रुअरीको सुरुमा चीनको भ्रमण गरी चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ‘असीमित मित्रता’ सम्झौताको सुरुवात गरेका थिए ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech