ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन् ।

    उनले सो विधेयकको सम्बन्धमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए । उनले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गरे ।

    उनले भने, ‘नागरिकता सम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । र त्यसलाई पनि एउटा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ । एकीकृत समाजिक सुरक्षा ऐन बनाउँ भन्नुभएको छ । त्यसका लागि केही समय पनि लाग्छ ।’

    उनले थ पभने, ‘यसका लागि थप गृहकार्य पनि गर्नुपर्ने छ । आउने दिनमा गृह मन्त्रालयले, सरकारले यसका सन्दर्भमा गृहकार्य पनि गर्नेछ र सुरक्षाको छाताभित्र जति राज्यले, राज्यका अवयवहरुले सामाजिक उत्तरदायित्व बहन गरेको छ र हाम्रो मौलिक अधिकारले पनि त्यसलाई निर्दिष्ट गरेको छ । ति सबै कुराहरुलाई हामीले सम्पादन गर्नैपर्दछ । राज्यले दायित्व लिनैपर्दछ ।’

    गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए । त्यस्तै उनले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताए । उनले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने बताए ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech