ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

छत्रदेवको निती तथा कार्यक्रममा कङ्ग्रेसकाे वदमासि, अनियमितता ढाकछाेप गर्ने प्रयासलाइ उपाध्यक्षले पारिन असफल

छत्रदेवमा भएकाे विवादकाे यथार्थ यस्तो रहेछ ।

  • हजुरकाे पाेष्ट

  • १७ असार अर्घाखाँची । छत्रदेव गाउंपालिका अर्घाखाँचीमा गाँउपालिकाकी निर्वाचित उपाध्यक्ष मनिषा पन्थीलाई कुनैपनि जानकारी नदिइ कार्यकारी प्रमुख र अध्यक्ष चन्द्रमान श्रेष्ठकाे मात्र सल्लाहामा समग्र निती तथा कार्यक्रम तयार गरि प्रस्तुत गर्न तयार गरेपछि गाउंपालीका उपाध्यक्ष सहित नेकपा एमालेबाट निर्वाचित बहुमत कार्यपालीका सदस्यले बिरोध गरेपछि बिवाद भएको छ।

    उपाध्यक्ष मनिषा पन्थीले नेपाली काङ्ग्रेस र अध्यक्षले नियाेजित रूपमा छलफलनै नगरि जनताको हित प्रतिकूल हुने र अघिल्लो पटक नेपाली काङ्ग्रेसकाे सरकारले गरेका अनियमितता मात्र ढाकछाेप गर्ने उद्धेश्यले प्रस्तुत गर्न खोजिएकोले बिरोध गरेको राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीका संयोजक शोभाखर पाण्डेयले बताएका छन ।

    छत्रदेव गाउंपालीकाको कार्यपालीकामा नेकपा एमालेको एकल बहुमत छ । बहुमत प्राप्त दललाइनै बेवास्ता गरेर अल्पमतमा हुनेहरुले एकलौटि ढंगले षड्यन्त्र पुर्वक प्रस्तुत गर्न खोज्नु लोकतन्त्रकै उपहास भएकाे बताएका छन ।

    राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीका संयोजक शोभाखर पाण्डेयले सामाजिक संजाल फेसवुकमा के लेखे , जस्ताको तस्तै

    छत्रदेवमा भएकाे विवादकाे यथार्थ
    छत्रदेवकाे निति कार्यक्रम तथा बजेट प्रस्तुत नहुनुका कारणहरू के के हुन ? किन निति कार्यत्रम तथा बजेट प्रस्तुत भएन त्यस समन्धमा केहि तथ्य बुझाै ।
    १) नियमित कार्यक्रम अनुसार निति तथा कार्यत्रम प्रस्तुत गर्ने समयमा गाँउपालिकाकाे निर्वाचित उपाध्यक्ष लाई कुनै जानकारी नदिई कार्यकारी र अध्यक्ष काे मात्र सल्लाहामा समग्र निती तथा कार्यक्रम तयार गर्नेगरि तयारि गरेपछि उपाध्यक्ष काे कुनै रायसल्लाहा नलिई नियाेजित रूपमा निति कार्यक्रम ल्याउन जुन षड्यन्त्र गरियाे साे कुरा उपाध्यक्ष एंवम नेकपा एमालेले मानेन । आफैलाई सम्म जानकारी नभएकाे निति कार्यक्रम प्रस्तुत गर्नुपर्ने कुनै कानुनी र राजनीति आधार हुदैन । त्यसकारण उँहाले निति कार्यक्रम सहमती जनाउनुभएन ।
    २) निति कार्यक्रम तयार गर्दा समग्र छत्रदेवकाे विकास तथा संविधान ले नै देश बहुदलीय व्यवस्थामा गएकाे र साेहि अनुसार निर्वाचन भएर छत्रदेव गाउँ सभा,गाउँ कार्यपालिकामा नेकपा एमालेकाे बहुमत भएकाे हुदाहुदै नेकपा एमालेवाट निर्वाचित कुनैपनि जनप्रतिनिधि लाई जानकारी नदिई नेपाली काग्रेस तथा प्रमुख प्रसाशकिय काे मनाेमानि रहेकाे निति कार्यक्रम प्रस्तुत गर्ने कुराकाे नेकपा एमालेले विराेध गरेकाे हाे ।
    ३. २०७४ सालमा नेपाली काग्रेसले छत्रदेवमा बहुमत जित्दा उसैकाे अनुसार हरेक समितिहरू उसैकाे अनुसार बजेट निति कार्यक्रमहरू आए तर हामिले कहिल्लै बिराेध गरेनै किनकि हामि अल्पमतमा थियाै । तत्कालिन समयमा एमालेबाट निर्बाचित जनप्रतिनिधिलाई कुनै विषयषत समिति काे प्रमुख दिईएन राजनीति रूपमा प्रतिपक्षलाई दिनुपर्ने समिति पनि नदिएकाे साँचाे हाे । हामिले बहुमतलाई मान्नुपर्छ ठिकै छ भनेर बिराेध नगरेकाे हाे । केहि राम्रा ल्याउन केहि विषयकाे कुरामा विराेध गरेपनि तत्कालीन समयमा सुनिएन ।
    ४. तर अहिले परिस्थिति बदलिएको छ अर्थात एमालेकाे बहुमत छ (अध्यक्ष बाहेक ) हामि विषयगत समिति निर्माणमा सहमति गरेर समिति चयन गराै तपाईहरू अल्पमतमा हुनुहुन्छ अल्पमत समिति लिनुस हामि बहुमत छाै बहुमत समिति लिछाै भनेका मात्र हाे । याे लाेकतन्त्रले अगिंकार गरेकाे मुल्यमान्यता हाे । लाेकतन्त्रकाे मसिया ठान्ने काग्रेस र त्यसकाे नेतृत्व गरेका छत्रदेवका अध्यक्ष र उहाँलाई सल्लाह दिने सल्लाहकार ले नबुझने कुरा हुनै सक्दैन ।
    ५. यदि उसाेभए उनिहरूले गर्न खाेजेकाे मुल कुरा के हाे त ? वा छत्रदेव काँग्रेस के चाहान्छ ?
    a.उ अधिल्ले पटक गरेका अनियमित ढाकछाेप गर्न चाहान्छ।
    b. यस कार्यकालपनि नमुनाकाे प्रचार गर्ने तर खासमा देखिने र जनताकाे पक्षमा काम नगर्न चाहान्छ ।
    c.नितिगत भष्टाचार र खुलेआम भष्टाचार गर्न उसले मुख्य समिती र निति कार्यक्रम र बजेटमा बहुमत जनप्रतिनिधि काे आवाज सुन्न चाहादैन ।
    ६.नेकपा एमाले छत्रदेव के चाहन्छ र अहिले किन र कुन कुराकाे बिराेध गरिरहेकाे छ ?
    a. नेकपा एमालेले अहिले छत्रदेवकाे सम्रग विकास चाहान्छ । र बहुमत जनप्रतिनिधि ले चाहेबमाेजिम कानुनसम्मत शासन हाेस भन्ने चाहान्छ ।
    b.कर्मचारी तथा जनप्रतिनिधि ले गर्न सक्ने भष्टाचार, अनियमितता लाई राेक्न चाहान्छ ।
    c. साच्चिकै नमुना छत्रदेव निर्माण गर्न साेहिअनुसारकाे निति कार्यक्रम र बजेट निर्माण गर्न चाहान्छ ।
    ७.कानुनले के भन्छ ?
    स्थानिय तह संञ्चालन ऐन २०७४ ले गाउँ ,नगरपालिकामा बहुमतले कानुन निर्माण गरि साेहिअनुसार विभिन्न समितिहरू निर्माण , बहुमतले निति कार्यक्रम बजेट प्रस्तुत गर्ने स्पष्ट व्यावस्था रहेकाे यस सन्दर्भमा बहुमतलाई दुनियाकाे कुनै तागतले राेक्न सक्दैन ।
    त्यसकारण नेकपा एमाले छत्रदेव र स्वयम् उपाध्यक्ष जनताकाे पक्षमा र विधि, नियम कानुन अनुसार रहेकाे र जनताकाे पक्षमा निरन्तर लागिरहेकाे कुरा प्रष्ट पार्न चाहान्छाै ।।

     

  • १७ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech