ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

नेपाल नामिबियासँग ४० रनले पराजित : छैटाैँ स्थानमा झर्‍याे
  • हजुरकाे पाेष्ट

  • २८ असार,काठमाण्डाै । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । यो सँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नामिबिया पाँचौ स्थानमा उक्लिएको छ ।

    जितका लागि २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ८० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । उनी ५० रनमा अविजित रहे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनाल ३४ रनमा आउट भए । कुशल भुर्तेल २७ रन, करण केसी १९, ओपनर आसिफ शेख १४, सोमपाल कामी र आदिल अन्सारी समान १०–१० रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ४ तथा रोहित पौडेल र कप्तान सन्दीप लामिछाने शून्यमा रन आउट भए ।

    नामिबियाका बेर्नार्ड शोल्टज, डेविड विजा र जान फ्रिलिंकले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा २ सय २० रनमा अलआउट भएको थियो । नामिबियाका जान निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रन बनाए । बलिङतर्फ नेपालका कप्तान लामिछानेले चार विकेट लिए । यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

    नेपालले दोस्रो खेल भोली स्कटल्यान्डसँग खेल्नेछ । तेस्रो खेलमा नामिबियासँग आउँदो शनिबार र अन्तिम खेलमा स्कटल्याण्डसँग आइतबार खेल्ने तालिका छ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

    अंक तालिकामा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । यूएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ । त्यस्तै अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हारसहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित, ९ मा हार र एकमा बराबरीका साथ १५ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ । पपुवा न्यूगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech