ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

अर्थतन्त्र धरासायी बनेका बेला ‘फेजआउट’ हतियार किन्दै सरकार

एक अर्ब २५ करोडको हतियार खरिद प्रस्ताव, ८४ करोड छुट्टियो

  • हजुरकाे पाेष्ट

  • २८ असार, काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र धरासायी बनेर आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

    नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले पनि बजेट सुनिश्चित भएसँगै हतियार खरिदको प्रक्रिया अघि बढाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘सबै हतियार आवश्यकताका आधारमा खरिद हुन लागेका हुन्, गत मंसिरमा भएको स्थानीय निर्वाचनका बेला पनि हतियार अभाव भएपछि त्यतिबेलाकै सुझावका आधारमा खरिद प्रक्रिया थालिएको हो ।’

    सोमबार राति प्रेस विज्ञप्ति जारी गरेर पनि प्रहरी प्रधान कार्यालयले ‘प्रहरीले हातहतियारको चरम अभाव झेल्दै आएको’ जिकिर गर्दै साना हतियार र भीड नियन्त्रणका लागि प्रयोगमा आउने कम जोखिमयुक्त हातहतियारको खरिद अत्यावश्यक रहेको दाबी गरेको छ ।

    तर जानकारहरुका अनुसार प्रहरी प्रधान कार्यालयले गरेको दाबीलाई शंकारहित तबरले मान्न सकिने अवस्था छैन । किनकि, अतिआवश्यक हतियार खरिद प्रक्रिया थालेको बताउने प्रहरी प्रधान कार्यालयले १० वर्षअघि नै काम नलाग्ने घोषणा गरिएको १२ बोरको हतियार पनि खरिद गर्दैछ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार १२ बोरको १२ सय हतियार खरिदका लागि प्रक्रिया अघि बढाइएको हो ।

    नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको भनाइमा १२ बोरको हतियार पड्काउँदा गोली छरिएर जाने हुँदा क्षति बढी हुने भएकाले रमेशचन्द ठकुरी आईजीपी भएका बेला यसको प्रयोगमा रोक लगाइएको थियो । त्यतिबेला १२ बोरको हतियारले धेरै मानिसहरु घाइते भएको भन्दै मानवअधिकारको समेत प्रश्न उठेको थियो ।

    ‘शहर बजारमा यो हतियार पड्काउँदा धेरै क्षति हुनसक्ने भन्ने भयो, यसको कभरेज बढी हुनाले घाइते धेरै हुन्थे,’ मल्लले भने, ‘त्यसैले त्यतिबेला यो हतियारको प्रयोगमा रोक लगाइएको थियो ।’

    उनका अनुसार दंगा नियन्त्रण वा अन्य कुनै घटनामा १२ बोरको हतियार दिएर प्रहरीलाई पठाएकै कारण घाइतेको संख्या बढी भएको निष्कर्ष तत्कालीन प्रहरी नेतृत्वको थियो, त्यसैले १२ बोरको हतियारलाई प्रयोगबाट हटाइएको थियो । तर अहिले त्यही हतियार खरिद गर्न खोज्नुको अर्थ आफूले बुझ्न नसकेको उनले बताए ।

    अरू कुन-कुन हतियार किन्दैछ प्रहरीले ?

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार १२ बोर हतियारबाहेक इटालीको बेर्रेटा कम्पनीको एक हजार वटा पेस्तोल, २५ हजार अश्रुग्याँस, ११५० वटा फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली खरिद प्रक्रिया पनि अघि बढिसकेको छ । अहिले यी हतियार खरिदका लागि नेपाल राष्ट्र बैंकबाट प्रतीत पत्र खोल्ने तयारी गरिएको छ । विभिन्न हतियारमा लाग्ने ५ लाख गोली चाहिँ प्रहरीले नेपाली सेनाबाट खरिद गर्ने भएको छ ।

    प्रहरीले प्रति गोटा सर्टगनका लागि २१०० डलर र ६ एमएमको पेस्तोलका लागि प्रति गोटा ६९९ डलर खर्च गर्ने भएको छ । यसका लागि ६ वटा प्याकेजमा टेण्डर गरिएको स्रोत बताउँछ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech