ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक
  • हजुरकाे पाेष्ट

  • २८ असार, काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् ।

    अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए ।

    तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ ।

    ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् ।

    तस्वीर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको बताए ।

    तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति जो बाइडन ।


    जेम्स वेब स्पेस टेलिस्कोप अन्तरीक्षको चारै दिशामा नजर राख्न सक्षम हुने गरी बनाइएको थियो । यसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर पनि कैद गर्न सक्ने गरी बनाइएको थियो ।

    यसको डिस्प्ले ६.५ मिटर लामो छ । जेम्स वेब टेलिस्कोपमार्फत् अन्तरीक्ष वैज्ञानिकहरुले आकाशगंगासहित अन्तरीक्षसँग सम्बन्धित हरेक तथ्यलाई बुझ्न सहज हुने विश्वास वैज्ञानिकहरुको छ ।

    क्यामेरा बनाउने वैज्ञानिकहरुको टोली प्रमुख मार्सिया रिकीले यसबाट धेरै कुरा सिक्न पाएको बताइन् ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech