ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो ।

    अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए ।

    जापानको नारा शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामी नामका व्यक्तिले पछाडिबाट गोली हानेका थिए । गोली लागेर भुईंमा लडेका आबेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

    प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान गरिरहेको छ ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech