ब्रेकिङ

प्रधानमन्त्रीले श्रीमति र सालाहरु अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

भारतबाट तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

अक्षय कुमारको पुरानो भनाइ भाइरल : ‘फिल्म फ्लप भइरह्यो भने भारत छोडेर क्यानडा जान्छु’

बुटवलकाे एक होटलमा एक जोडी युवा युवती मृत फेला

पिनको प्रादेशिक अधिवेशन भाद्र ४ गते हुने ; लुम्बिनीको अधिवेशन पुर्व अर्थमन्त्री बिष्णु पौडेलबाट उदघाटन हुने

१० बुटवलको होटलमा महिला र पुरुष मृत फेला

श्रीलंका संकट : पूर्वअर्थमन्त्री भागेर विदेश जान खाेज्दा यात्रुले जहाज चढ्न दिएनन्
  • हजुरकाे पाेष्ट

  • एजेन्सी । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्ष देशबाट बाहिर भाग्न खाेज्दा असफल भएका छन् । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएकाे डेली मिररले छापेको छ ।

    यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएका बताइएको थियो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन् ।

    शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् ।

  • २८ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech