ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

शिक्षामा भएको विकास सकारात्मक हो तर उपयोगितामा प्रश्न वाचक चिन्न किन खडा भयो

नेपालमा दक्ष जनशक्ति नभएको हैन सहि व्यवस्थापन नहुनु समस्या हो

  • यज्ञमुर्ति पाण्डे

  • मानव सभ्यतालाई पछ्याउँदै शिक्षाको विकास भयो शिक्षालाई आधार मान्दै मानव सभ्यताको केन्द्रबिन्दु हुँदै अध्ययन अनुसन्धान परिणाम लाई आत्मसाथ गर्दै विभिन्न पाठशाला विश्वविद्यालय खुले समाजलाई सहि ढंगबाट परिचालित गर्न के कस्ता आधार हुन सक्छन्। भन्ने विषयको बारेमा बहस बाट उत्पादित शिक्षा लाई विभिन्न विषयमा बाँडेर समाजको सबै निकायमा काम लाग्ने कुराहरु राजनैतिक अर्थशास्त्र विज्ञान शिक्षा पत्रकारिता आदि विषयको अध्ययन अध्यापन र समाज परिवर्तन सँगै थुप्रै विषयको नयाँ प्रतिपादन समेत हुँदै गएका छन्। यो हेर्दा बौद्धिक क्षमता भएका मानिसको उत्पादन हुँदा समाजमा जीविकोपर्जनमा केही समस्या आउँदैन भन्ने उद्देश्यले गरिएको हो र नेपालमा पनि थुप्रै शास्त्र हरुको पठन पाठन हुँदै आएका छन।

    पछिल्लो समयमा नेपालमा पनि विश्वविद्यालय अन्तर्गत हुने विषयगत पढाईमा संलग्न विद्यार्थीको संख्या उच्च स्थानमा भएको  र धेरै जसो अनुसन्धान प्रतिवेदन हरुमा स्पष्ट देख्न सकिन्छ ।पढाइ सकिसकेपछि काममा भौतारिने र नपाएपछि वैदेशिक यात्रा गरी विदेश जाने संख्या पनि बढ्दो छ। यो खालको परिपाटी किन भयो भन्ने कुरा कुनै पनि सरकारी निकायबाट जानकारि लिने काम असम्भब देखियो भन्ने यस लेखको मर्म रहने छ। आफ्नो उत्पादन किन आफ्नै देशमा किन लगाउन सकिएन? यदि वैदेशिक काममा निर्भर हुने हो भने उही अनुसारको पाठ्यक्रम पठन पाठन गराई सहि ज्यालादारीमा नै पठाउन किन सरकारी निकाय हिचकिचाउनु पर्यो।

    हाल नेपालमा १२ वटा विश्वविद्यालय छन् जसमध्ये त्रिभुवन विश्वविद्यालय सबै भन्दा जेठो हो जसको स्थापना बि.स.२०१६ सालमा भएको हो यहाँ विज्ञान व्यवस्थापन मानविकी शिक्षा संकायमा पठन पाठन हुँदै आएको छ।  यहाँबाट उत्पादित विद्याथी के कस्तो काममा खपत छन्। यस कुराको सरकारसँग एकिन तथ्याङ्क पनि छैन विदेश जाने मानिस यहाँबाट कुन संकाय बाट उत्रिण भएको हो या हैन् भन्ने पनि छैन । विदेश गएर के कस्तो ठाउँमा काम गरेको छ भन्ने पनि छैन ,छ त केवल कति वार्षिकी रेमिटेन्स आउँछ र त्यसको आधारमा बजेट भाषण मात्र हुन्छ यो कस्तो बिडम्बना हो। देशको शैक्षिक क्षेत्रमा प्रगती हुँदा देशमा के कस्ता नयाँ नयाँ काम भए भन्ने सरकारको मुख्य विषयवस्तु बन्न पर्ने हैन र भन्ने मेरो जिज्ञासा हो।

    अब लेखलाई विस्तार गरौँ उच्च शिक्षा हासिल गरिसकपछिको पीडा सबै संकायमा वर्षेनी उत्पादन हुने विद्यार्थीहरू कामको खोजीमा भौतारिदा दिनहुँ समय वित्दछ खल्तीको पैसा सकिनु र ऋण समेत लागिसक्दछ। प्राय त्रिभुवन विश्वविद्यालयबाट पठन पाठन सकाउने विद्यार्थी मध्य ग्रामीण क्षेत्र बाट आउने र कोठा भाडामा लिएर बस्ने घरबाट रकम ल्याएर खर्च चलाउने गरेका अधिकांस बिद्यार्थी हुने हुँदा आफ्नो घरको स्थिति अनुसार ऋणधन गरी जोहो गरेको खर्च सकिँदै जान्छ अनी बेरोजगारी भइसकेपछि आफ्नो योग्यता भन्दा काम पारिश्रमिक गर्न वाध्यता हुन्छन् या त विदेशको काम लाई कुनै दलाली खोजेर अझ घरको ऋण थपेर बिदेसिन बाध्य हुन्छन् केही काम व्यापार व्यवसाय गर्न पनि लगानी हुँदैन आधुनिक कृषि कामको लागि पनि लगानी जुटाउन नसक्दा न्यून श्रम सम्झौता गरी बिदेसिने भन्दा अर्को उपाय हुन सक्दैन।

    जागिरको लागि नेपाल सरकारले लोकसेवा भन्दा अर्को कुनै निकाय खोलेको जानकार छैन। भने उच्च शिक्षामा कुनैपनी संकायमा लोकसेवामा चाहिने विषय समावेश गरिएको नहुँदा विधार्थी कता जाने हो। भन्ने कुरामा अलमल हुँदा शिक्षित बेरोजगारी भन्ने कुरा आउँदो रहेछ। उच्च शिक्षा हासिल गर्नु गराउनु राम्रो कुरा हो। तर व्यवस्थामा यसको कुनै भूमिका नहुँदा विधार्थी अनेक मारमा परेको भन्ने केवल समाचार मात्र बनेको छ। धेरै सरकार आए तर विशिष्ठ तह पास गरेका विद्यार्थीको बारेमा सोचेर कसरी समाजमा यो तहका विद्यार्थीको के भूमिका रहन्छ भन्ने कुरा आएनन्। धेरैजसो नेताहरु पनि विधार्थी नेता बाट मन्त्री सम्म बने तर ती विधार्थी बाट समाजमा नयाँ विकासको लहर आउन सक्दछन्। भन्ने कुराको कहिले पनि बहस हुन नसक्नु बिडम्बना मात्र हैन समाजमा नयाँ व्यवस्था आउन नसक्नु पनि यही समस्या हो। कुरा हुन्छ त केवल अन्य देशहरूको विकास र समृद्धिको।

    विश्व बजारीकरण गर्दा समाजमा आमूल परिवर्तनको लहरो घन्किरहेको छ। नयाँ नयाँ शिक्षा कक्षाकोठामा पढाई हुन्छ तर त्यो कहाँ व्यवस्थापन गर्ने हो कुनै टुङ्गो नलगाई एकोहोरो शिक्षा लाई मात्र प्रोत्साहन दिनुको कुनै अचुक औषधि हुन सक्दैन। आफ्नो मौलिकता लाई वास्ता नगर्ने शिक्षाको खासै बजारीकरण गर्दा कस्तो हुन्छ भन्ने बहस कहाँ भयो। केवल शिक्षा भनेको आफ्नो मौलिकतामा राखेर दियो भने बल्ल समाजको उत्तरदायी हुन सक्दछ। यदि यस्ता कुराको बहस भयो भने पनि चारतारे होटलको हलमा हुन्छन जहाँ भयो त्यही टुङ्गिने पर्थाले समाजमा सकारात्मक भन्दा नकारात्मक भरम फैलिएको छ। अझ पनि यसरी उत्पादित विधार्थी लाई व्यवस्थापन गर्नमा कन्जुस गर्ने हो वा बुझेर पनि बुझपचाउने हो भने समाज कुन बाटोमा जाने हो चिन्ताजनक कुरा छ।

    समाजमा पढाइलाई धेरै मान्यता दिइन्छ फलानाको छोरा छोरी के कति पढाइ पढेको छ। अझ पछिल्लो समयमा विवाह गर्दा समेत पढाइ मिलाउने चलन आइसकेको छ तर पढाइ अनुसारको रोजगारी सहजै नपाउँदा पनि पढाइको महत्व घटेको छैन। यो भने सकारात्मक हो किनभने पढाई आधुनिक समाजमा कमाउनका लागी हो। भनिएको छ तर समाजमा एक खालको सकारात्मक सन्देश प्रवाह गर्न पनि शिक्षाको प्रमुख भूमिका रहेको हुन्छ। बिडम्बना यहाँनेर छ कि परिवारको आर्थिक उन्नति गर्नको लागि ऋण धन गरी उच्च शिक्षा हासिल गर्ने र रोजगारी नपाउँदा त्यहाँ भन्दा ठूलो घाउ गरिबीलाई के नै हुन्छ भनौं न? केवल सरकारी निकाय बाट शिक्षा निःशुल्क भएको भए रोजगारी किन नदिएको भनेर प्रश्न नगरेपनि हुन्थ्यो तर पैसा उठाएर पठन पाठन गराउने पछि उपयुक्त स्थानमा उत्रीण भइसकेपछि रोजगारीको लागि स्थान नपाउँदा विद्यार्थीको जनजीवन पीडादायी हुन पुगेको छ।

    सरकारका धेरै जसो संस्था अस्तब्यस्त भएर सर्वसाधारण नागरिकले सहजै सेवा नपाएको समाचार दिनानुदिन मिडिया ,सामाजिक सञ्जालमा सुन्न वा देख्न पाहिन्छ। यो देख्दा उपर्युक्त  काम गर्न सक्ने विभाग सम्बन्धि काम जानेको मानिस नभएर होला जस्तो लाग्छ । किनभने हरेक कार्यालयका विभागमा आधुनिक तरिकाले काम गर्न सक्ने उपकरण प्रयोग गरिन्छ कामको लागी कुनै पनि समय कुर्न नपर्ने गरी साधन भित्राइएको पनि छ। तर त्यो राम्रो सँग चलाउन वा प्रयोग गर्न सक्ने कर्मचारी खटाइएको छैन। उता त्यो सम्बन्धि विज्ञता हासिल गरेका मानिसलाई बेरोजगारी बनाई अर्कै कामको लागि भौतारिन वाध्यता बनाइएको छ। देश विकास गर्नको लागी खासै ठूलो धाम छ जस्तो लाग्दैन तर देशमा जतिपनि नयाँ नयाँ विज्ञता हासिल गरेका संख्या छन् ती संख्या लाई सहि रुपमा उपयोग ल्याउन सके मात्र हुन्छ। यो बुझ्ने सरकारको कहिले उदय होला।

    विकासको भाषण गर्ने नेताले शिक्षित व्यक्तिको संख्या एकिन गरी कसरी व्यवस्थित गर्ने र कति सम्म काम गर्ने जनशक्ति छ। कुन ढंग बाट काम गरी विकासका काम आगाडी लैजान सकिन्छ भन्ने चिन्ता भएको राजनैतिक नेतृत्वको सरकार बन्ने हो भने विकासका लागि युरोप अमेरिका स्वजरल्याण्ड भनी भाषण गरेर मुख दुखाउन पर्दैन। देशको कुल १२ वटा विश्वविद्यालय बाट सम्बन्धित संकायका विधार्थी लाई व्यवस्थापन गर्ने नीति ल्याइयो भने विधार्थी पनि रोजगारी हुने देशमा पनि नयाँ विकासको लहर आउने यो परिपाटी नहुँदा सम्म विकासको परिकल्पना गर्नु मुर्खता हो। जबसम्म उच्च शिक्षा हासिल गरेका शिक्षित व्यक्ति बिदेसिने क्रम रोकिँदैन तबसम्म विकासको सम्भावना रहँदैन भन्ने सरकारको ध्यान खुल्ला आबस्यक छ।

    समग्रमा भन्नुपर्दा समाज उच्च शिक्षा हासिल गरेका संख्या बिचको सम्बन्ध हेर्दा विकासका काम र समाजमा नयाँ र सकारात्मक परिवर्तन ल्याउनका लागि मुख्य भूमिका खेलेको हुन्छ। किनभने हरेक समजको कुरा गर्दा सभ्यताको कुरा गरिने हुँदा सभ्यताको प्रतिबिम्ब भनेको नै शिक्षा हो। परिवारको स्थिति समाजको स्थितिलाई कुनै पनि दयाराम ल्याउने र समाजको उत्तरदायी भूमिका खेल्ने काम नै शिक्षाको हुने गर्दछ त्यसकरण विकासका कुनैपनी घटनाक्रम हरुको बारेमा कुरा गर्दा आफू सँग के कस्ता विषयमा उच्च शिक्षा हासिल गरेका मानिसको संख्या छ। भन्ने कुरालाई एकीङ गरी काम आगाडी बढाउनु पर्दछ। यसोगर्दा देश विकास गर्न पनि असम्भब पनि हुँदैन। नेपालमा आफ्नो दक्ष जनशक्ति नभएको हैन सहि व्यवस्थापन नहुनु समस्या हो।

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech