ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

नेकपा (एमाले)छत्रदेव गाउकमिटीकाे पाचौँ पूण बैठक सम्पन्न

लिएकाे अडान कुनै पनि अवस्थामा लचिलाे नवन्न र मतकाे कदर गर्न निर्देशन

  • हजुरकाे पाेष्ट

  • नेकपा (एमाले)छत्रदेव गाउकमिटीकाे पाचौँ पूण बैठक ०७९ असारको ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा गदै छत्रगञ्जमा सम्पन्न भएको छ ।
    वैठकले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनसँग जोडिएका राजनीतिक दलहरुको बरावर हैसियत हुदा पनि पार्टीको मत
    वढानउन सफल भएको र प्राविधिक कारणले चुनावमा वहुमत वडा जित्दा पनि अध्यक्ष पराजय हुन पुगेको निष्कर्ष निकालेको छ । जसकाे असर अहिले ०७९/०८० काे नीति तथा कार्यक्रम र वजेटमा असर परेकाे वताएका छन।

    बैठकका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला कमिटी इन्चार्ज कमरेड चन्द्रबहादुर खड्काले स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनलाई पराजयको नजिक पुराउनुनै नेकपा एमालेको सफलता भएको बताए । उपाध्यक्ष सहित वहमत आउदा पनि काङ्ग्रेसले मतकाे कदर गर्न नसकि विभिन्न वाहनावाजि गरि पालिकालाइ दुख दिने र विकासमा अखडा गरिरहे गरेकाे वताएका छन । तर पालिका वहुमत हुदैमा सन्तोष मानेर वस्ने स्थिति छैन आगामी प्रदेश र संघीय निर्वाचानमा नेकपा एमालेका उम्मेदवारलाई विजय गराउन आजैका दिनदेखि लाग्न सवै नेता कार्यकर्तालाई निर्देशन दिएका छन ।

    नेकपा (एमाले)का प्रदेश कमिटी सदस्य कमरेड प्रकाश ज्ञवालीले छत्रदेव गाउपालिकामा नेकपा (एमाले)को प्राप्त मतलाई रक्षा गर्न सके आगामी निर्वाचनमा जस्तोसुकै गठबन्धलाई पनि पराजय गर्न सक्ने भन्दै सबै नेता कार्यकर्तालाई उत्साहका साथ पार्टी काममा लाग्न अनुरोध गरेका छन् । साथै यश पालिकाकाे वजेटमा लिएकाे अडान कायम नै गरि मतकाे कदर गर्नकाे लागि समेत आग्रह गरेका छन।

    नेकपा (एमाले)का प्रदेश कमिटी सदस्य कमरेड धुव्र पाण्डेयले छत्रदेव गाउपालिकामा नेकपा (एमाले)को प्राप्त मतलाई रक्षा गरी पालिकामा विकासकाे लागि कुनै वाधक नबनि सवैलाइ मिलाएर लैजाने र अध्यक्षलाई एकलौटी नगरि उपाध्यक्षसहितकाे एमालेकाे वहुमतलाइ जनताले दिएकाे जनमतलाइ कदर गर्दै अगाडि वड्न आग्रह गरेका छन् । आ व ०७९/८० काे एमालेले ल्याउन खाेजेकाे लाेकप्रिय वजेट देखेपछि आत्तिएर भागिरहेकाे समेत आराेप लगाएका छन ।

    गाउपालिका कमिटी अध्यक्ष कमरेड रामजी पाण्डेले निर्वाचन मा भएको समस्या र समाधानका उपायवारे रिपोर्टिङ काे क्रममा उठेका प्रश्नहरुकाे जवाफ सवैलाइ चित्तबुझ्दो हुने गरि वताएका छन । साथै पालिकाकाे विकासमा विपक्षीले लिएकाे अडान कुनै पनि अवस्थामा लचिलाे नवन्न र मतकाे कदर गर्न समेत आग्रह गरेका छन ।             

    वैठकमा नेकपा एमालेका जिल्ला कमिटीका सदस्य तथा छत्रदेव गाउकमिटीका इन्चार्ज, सह­ इन्चार्जल लगाएतका नेताहरुले मन्तव्य राखेका थिए ।

    वैठकमा छत्रदेव गाउपालिकामा अध्यक्ष र केहि वडाहरुमा पराजय हुनुको आन्तरिक र वाहय कारण छलफल गरेको छ ।
    साथै, राष्ट्रिय युवासंघ अर्घाखाँचीकाे यहि साउन १४ गते हुनगएको जिल्ला सम्मेलन सफल पार्न पार्टी कमिटीले पुर्ण सहयाेग गर्ने , वैठकले पार्टीका सवै वडामा साउनको ५ गनेसम्म वैठक वस्ने, चुनावी समीक्षा गर्ने, सदस्यता वितरण र नविकरण जनसंगठनहरुका वैठक, अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमालेले जानकारी दिएकाछन ।                               

    वैठक नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कमरेड चन्द्रबहादुर खड्काको प्रमुख आथित्यता, लुम्बिनी प्रदेश कमिटि सदस्य कमरेड प्रकाश ज्ञवाली र धुव्र पाण्डेको विशेष आथित्यता जिल्ला कमिटी सदस्य तथा गाउकमिटी इन्चार्ज, सह इन्चार्ज , छत्रदेव गाउपालिका उपाध्यक्ष मनि शर्मा पन्थी, लगाएकतकाे आथित्य गाउपालिका कमिटी अध्यक्ष कमरेड रामजी पाण्डेको अध्यक्षता र सचिव तेज प्रसाद खनालको सञ्चालन, गाउकमिटी उपसचिव कमरेड घनश्याम पाण्डेकाे स्वागत मन्तव्यमा सम्पन्न भएको जानकारी दिएका छन् ।

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech