ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

म सँगै मेरो आशु पनि छोरो मान्छे भयो..

आँसु त सबैले आफ्नो अव्यक्त  खुशी र पीडा व्यक्त गर्ने मद्दत गर्ने भाषा अथवा माध्यम होइन र ??

  • जीवन के सी

  •  

     

     

    मेलामा देखेका हरेक कुराले मनलाई तानेर लग्ने गर्थ्यो। अझ भन्नुपर्दा आफ्ना साथीका हातमा देखेका हरेक कुरा आफुसँग नभई हुदैन थियो।  अटेर गरी आमालाई किन्न लगाउँथे किनिदिए खुसी नकिनिदिए माटोमा लडिबुडी गरेर हुन्छ या ठुस्किएर या रोएरै भएपनि किन्न लगाउँथे।

    फेरि सानामा मलाई अरुको तुलनामा छिट्टो आँसु आउँथ्यो। अरूको भन्दा छिटो चित्त दुख्थ्यो ।कसैले औधी माया गर्दा पनि रुन्थे र माया नगर्दा पनि रून्थे। त्यो उमेरमा आफू कसको वरिपरि रूदै छु भन्ने कुरामा कति पनि वास्ता हुँदैन थियो। म रोएको कसैले देखेकी भनेर यता उता हेर्न पनि पर्दैनथ्यो। अझ भन्नुपर्दा समाजले बारम्बार दोहोर्याउने रूदाँ लाज लाग्दैन भन्ने कुराको कुनै हेक्का हुँदैन थियो। त्यसबेला रूनलाई अरुले के भन्छन् भन्ने त सोच्नै पर्दैन थियो। वास्तवमा लाज नै के हो भन्ने कुरा नै थाहा थिएन। र त सानोमा रोएरै जितिन्थ्यो भने आज भोली हारदा पनि बाध्यत्मक मुस्काउनु पर्दोरहेछ।

    जसै उमेरसँगै हुर्किदै गए आसु लुकाउन थाल्नुपर्ने भयो आसु निकाल्नु भन्दा पहिले नै सोच्नुपर्ने भयो समाज र समाजले सिकाएको पाठ ‘कस्तो पिल्चे रहेछ, छोरी मान्छे जस्तो रोईहाल्ने।’ ‘धत् छोरो मान्छे त रूनुहुँदैनु।’ छोरो मान्छेको आँखामा आँसु सुहाउँदैन।’ आदि इत्यादी अनि त मैले पनि त्यही गरे आँखा भरिएर आँसुको ढिक्का खस्नु अगाबै त्यसलाई च्यापेर भित्रै ताने। र त आज म छोरो मान्छे भए मेरो आँसु छोरो मान्छे भयो। जन्मिदा रुदै आएको थिएँ तर जब आँसु लुकाउनुपर्ने भयो तब आज म सँगै मेरो आशु पनि छोरो मान्छे भयो।

    रुन त जन्मिदा फेरेको  साससँगै  सिकेको थिएँ तर सामाजिक हुन कोमल मनलाई रुपान्तरण गर्दै गए, फोक्सोको सहायताले। उमेरसँगै आफ्नो क्षमता बढाउँदै गएको फोक्सोमा सासले भरे र त्यही सास दबाएर आँशु रोक्न सिके।

     

    म सजीलै रून सक्ने मान्छे अनेक प्रयत्न गरेर सजिलै नरुने बनेँ। सानो कुराले पनि चित्त दुख्ने मेरो मन आज कयौँ बज्रपात पर्दा पनि नदुख्ने बनाए। आफ्नो कोमल मनलाई बिस्तारै कठोर बनाउदै गए। समाजले परिभाषित गर्ने म, म नै बन्दै गए। र त आज मसँगै मेरो आँशु पनि छोरो मान्छे भयो। आफ्नो मन पग्लिएर आएको आँसु देख्दा बढ्दै गएको फोक्सोमा सास दबाएर आँसु रोक्न सिँके।

    जब सम्झन्छु अब्राहम लिंकनले छोराको स्कुलको हेडमास्टरलाई लेखेको चिठी तब लिंकन सरासर झुटो लाग्छ, उनले ूछोरालाई कहिलेकाँही आँखाबाट आशु झार्न लाजमर्दो कुरा होइन भनिदिनुस् भन्दै लेखेको चिठी झुठो लाग्छ।

     

    सानो हुन्जेल आँसु र हाँसो सँगै थिए। रूँदारूँदै सर्लक्कै हाँस्न मिल्थ्यो। आँखामा टिलपिल आँसु भइभई हाँस्दा आँसु पनि हाँसेरै टल्किन्थ्यो। हाँस्दाहाँस्दै रोएकोमा हीनताबोध हुँदैन थियो। रूँदारूँदै हाँसेकोमा हीनताबोध हुँदैन थियो। किनकि आँसु र हासोको कुनै लिङ्ग नै हुँदैनथ्यो र त केही अप्ठ्यारो सोच्नुपर्ने बाध्यता नै थिएन।

     

    घरीघरी त यस समाजले बुझिबुझि बुझ पचाए जस्तो लाग्छ किनकि आँसु त बच्चाको सबभन्दा पहिलो परिभाषा हो। बच्चाको लिंग भन्दा पहिले आँसु खोजिएको हुन्छ। जन्मदा जबसम्म आँसु अर्थात रोएको चित्कार सुनिदैन तब सबै जना बच्चाको रुवाईको पर्खाइमा हुन्छन् ।त्यतिञ्जेल लिङ्ग खोजिएको हुँदैन केवल बच्चाको रुवाईको लागि प्राथना भइरहेको हुन्छ। जब तिखो स्वरले वरिपरिको शान्त वातावरण भङ्ग बनाउँदै बच्चाले आफू जीवित भएको प्रमाणित गर्छ तब लिंङ्गको खोजी हुन्छ र त बच्चाको लिंग भन्दा पहिले आँसु जन्मिएको हो।

    बच्चाको आँसुले नै वरिपरिको अनुहारको हाँसो बोलाएको हो। रोएपछि मात्रै बच्चा जिवित रहेछ भनेर पत्ता लागेको हो। रोएपछि मात्रै हाँसो आएको हो।

    बच्चाले  आफू जीवित रहेको प्रमाणित गर्नलाई रोएकै हुन्छन् , महेन्द्र सिं धोनीले विश्वकप जित्दा जीतको उत्साह मनाउँदै गर्दा रोएकै थिए, लिओनल मेसीले २०१६ को कोपा अमेरिकाको फाइनल खेलको हार बेहोर्दा, हारको शोकमा रोएकै थिए। अझ सबैको उदाहरण बन्ने गरेका राष्ट्रकै पिता अब्राहम लिंकन आफ्नो ११ वर्षको छोराको देहान्त हुँदा असह्य पिडाका कारण उनी पनि त रोएकै थिए। जब कि यहाँ जित्ने पनि रुन्छन, हार्ने पनि रून्छन्, महिला पनि रून्छन्, पुरुष पनि रुन्छन्। तब फेरि ‘छोरा मान्छे रुनु हुँदैनु’,छोरा मान्छेको आँखामा आँशु सुहाउँदैन।’ किन ??

     

    आँसु त सबैले आफ्नो अव्यक्त  खुशी र पीडा व्यक्त गर्ने मद्दत गर्ने भाषा अथवा माध्यम होइन र ??

     

    के तपाई छोरा मान्छे नै भएकै कारण आँसु त दबाएर राख्नु भएको छैन नी??

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech