ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

बंगलादेशसँगको बराबरीले नेपालको फाइनल सम्भावना अत्यन्तै कठिन
  • हजुरकाे पाेष्ट

  • १७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत तीन रातो कार्ड देखाइएको खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालमा भएको खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो ।

    बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।

    बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक छ । नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेल कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।

    पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाएपनि सफल हुन सकेन । खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।

    ३३ औं मिनेटमा दिपेश गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पन्च गर्दै बचाएका थिए । दोस्रो हाफको सुरुवात देखि नै दुवै टोली गोल गर्ने लक्ष्यसहित आक्रमक बनेका थिए ।

    तर दोस्रो हाफ सुरु भएको दुई मिनेटपछि नै खेल तनावग्रस्त बन्यो । नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्ड पाए । ४७औं मिनेटमा बंगलादेशका कप्तान तनविर हुसेनले नेपालका कृतिश रत्न छुन्जुलाई लडाएपछि लाइन्स्यानले फल दिए । त्यसपछि हुसेन लाइन्सम्यानसँग प्रतिवाद गर्न गए ।

    नेपालका कप्तान आयुष घलानले बंगलादेशी खेलाडीलाई धक्का दिए । त्यसपछि मैदानमा हात हालाहालको स्थिती बन्यो । त्यसपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीले बंगलादेशका शहीदुल इस्लाम र नेपालका दिपेश गुरुङलाई रातो कार्ड देखाए । पहिल्यै पहेँलो कार्ड पाइसकेका शहीदुललाई दोस्रो पटक पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका थिए ।

    यस्तै हाल हालाहालमा संलग्न भएका नेपालका बेन्चमा खेलाडी रोहित सुब्बालाई पनि रेफ्रीले रातो कार्ड देखाए । मैदानमा दुवै टिम १०-१० खेलाडीमा समेटियो । खेल झनै प्रतिस्पर्धात्मक बन्यो । ६३औ मिनेटमा अहमेद नोभाले गोल गर्दै बंगलादेशलाई पहिले अग्रता दिलाए । नेपाल बराबरी गोलको खोजीमा थियो । बंगलादेशको अग्रता लामो समय टिकेन ।

    ६८औं मिनेटमा निरन्जन मल्लले बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि दुवै टोली गोल थप्दै अग्रता बनाउने प्रयासमा थिए ।

    तर दुवै टिमले गोल गर्न सकेनन् । ८८औं मिनेटमा बंगलादेशका नोभाले वान भर्सेस वानमा गोल गर्न सकेनन् । नोभाको प्रहार नेपालका गोलकिपर इश्वर गुरुङले बचाएका थिए । त्यसपछि लगत्तै बंगलादेशले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech