ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

विमानबाट मुम्बई हिँडेका सुन व्यवसायी सिआईबीको नियन्त्रणमा, खुल्यो पहिचान
  • हजुरकाे पाेष्ट

  • काठमाडौं । प्रहररीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार सन्तोष लामिछाने पक्राउ परेका हुन्। उनी सुन व्यवसायी रहेको प्रहरीको भनाइ छ।

     

    सुनचाँदी व्यवसायी संघका पदाधिकारीसँगै लामिछाने पनि श्रीमतीसहित मुम्बई जान लागेका थिए। उनीविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि सिआईबीको टोलीले उड्नै लागेको विमान नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। विमानमा अधिकांश सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

     

    ‘मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ। उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरीको उच्च स्रोतले भन्यो।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech